खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीविरुद्ध मुद्दा दायर
बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा ती व्यवसायीविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२-८३ को हालसम्ममा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियतका आधारमा व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गर्न अनुसन्धान भइरहेको छ । “कैफियतका आधारमा सरकारी वकिल कार्यालयहरूसँग समन्वय गरी मुद्दाको अनुसन्धान गरिरहेका छौँ”, उनले भनिन, “जेनजी आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुनसकेको छैन, अब केही दिनभित्रै हामी मुद्दा दायर गर्छौँ ।” उक्त कार्यालयले अघिल्लो आव २०८१-८२ मा ४४ जना व्यापारीविरुद्ध मुद्दा दायर गरेको थियो ।
अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाका जिल्ला अदालतमा मुद्दा दायर गरिने प्रमुख पोखरेलले जानकारी दिइन। आव २०८२-८३ को हालसम्म सो कार्यालयले २४५ नमूना विश्लेषण गर्दा २०० खानयोग्य र पाँचवटा होल्डमा राखिएको प्रमुख पोखरेलले बताइन।
सो अवधिमा ३६५ नमूना परीक्षण गर्दा १६ नमूना प्रतिकूल देखिएकाले नियमानुसार कानुनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख पोखरेलको भनाइ छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौंमा एक सय राउन्ड गोलीसहित पेस्तोल बरामद
काठमाडौँ । काठमाडौंको बौद्धस्थित जम्बुडाँडाबाट प्रहरीले पेस्तोल र एक राउन्ड गोली बरामद गरेको छ । गोकर्णेश्वर नगरपालिका–५ स्थित जम्बुडाँडामा झाडीमा लुकाएर राखिएको अवस्थामा एक थान पेस्तोल र एक सय राउन्ड गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौं...
भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ
काठमाण्डौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीको मृत्यु भएको प्रहरी जनाएको छ ।
शुक्रबार स...
प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन ह...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियारद्वारा सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार प्रकरणमा विशेष अदालतको धरौटी आदेशप्रति असन्तुष्टि जनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । उक्त प्रकरणमा संलग्न निर्माण कम्पनी चाइना सीएमसी इन्जिनिय...
काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा
काठमाडौँ । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएक...
बेपत्ता पुष्पाको शव नदि किनारमा फेला
सल्यान । सल्यानमा भेरी नदिको पुलबाट हाम फालेर बेपत्ता भएकी युवतीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सुर्खेत बोटेचौर क्षेत्रस्थित नदि किनारमा शव फेला परेको हो । यहि फागुन ८ गते बनगाड कुपिण्डे नगरपालिका–१ जडागौडास्थित भेरी नद...



