काठमाडौंमा मानव बेचबिखन र जबर्जस्ती श्रममा संलग्न रहेको आरोपमा दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती श्रममा संलग्न रहेको आरोपमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।
अदालतमा दायर अभियोगपत्रअनुसार, पीडितलाई वैदेशिक रोजगारी र आकर्षक आम्दानीको प्रलोभन देखाई काठमाडौंस्थित गार्मेन्ट तथा स्पामा काम लगाइएको, लामो समयसम्म उचित पारिश्रमिक नदिई जबर्जस्ती श्रम गराइएको तथा विभिन्न प्रकारका शोषण गरिएको आरोप छ।
अभियुक्तहरूमा उज्जल मिया र दिपक भन्ने दिग बहादुर श्रेष्ठ रहेको अभियोगपत्रमा उल्लेख छ । उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार८८ सम्बन्धी कसुरमा अनुसन्धान पूरा भएपछि मुद्दा दायर गरिएको हो । प्रहरी अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र दर्ता गराएको र अब मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा अघि बढ्ने जनाइएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बालेनको घरमा चोरीको आशंका, गेट फुटाइयो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको काठमाडौंस्थित घरमा चोरीको आशमकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । घरको गेटमा तोडफोड भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...
जेनजी प्रदर्शनमा काठमाडौंबाट लुटिएका हतियारसहित तीन जना झापामा पक्राउ
झापा। जेनजी प्रदर्शनका क्रममा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट लुटिएका दुई थान पेस्तोलसहित प्रहरीलले झापाको दमकबाट तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान पेस्तोल र २० राउण्ड गोलीसमेत बरामद गरेक...
रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते
काठमाण्डौँ । रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो । बिहीबार राति नै एक चरण झडप भएको थियो । प्र...
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको...
तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको । एकै चरणमा हुने यो निर्वाचनका लागि सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी यो संख्यामा परिचालन हुने भएको हो । २०७९ को चुनावमा भन्दा यस पटक उम...



