पूर्वराष्ट्रपति भण्डारी र प्रधानन्यायाधीशबीच ५० मिनेट भेटवार्ता
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको भवनको अवलोकन गरेकी छन् । शुक्रबार मध्याह्न पूर्वराष्ट्रपति भण्डारी सर्वोच्च अदालत पुगेकी हुन् । भण्डारीले जेनजी आन्दोलनमा जलेको सर्वोच्च अदालतको अवलोकन गरेकी हुन् । त्यसक्रममा पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेटवार्ता गरेकी छन्। सुरुवातमा प्रधानन्यायाधीश राउतसँगै न्यायाधीशहरूसँग भण्डारीले कुराकानी गरेकी थिइन् ।
त्यसपछि भण्डारीले ५० मिनेट जति प्रधान्यायाधीशसँग अलग्गै कुराकानी गरेकी थिइन् । पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य रजिस्ट्रार बिमल पौडेलले सर्वोच्च अदालतको अवलोकन गराए ।
एक्सप्रेस
सम्बन्धित खबर
ओलीलाई केन्द्रीय सदस्यहरूको आग्रह : अब नेतृत्व होइन, अभिभावक बन्नुस्
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबारे बहस हुन थालेको छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक संकटले पार्टीभित्र नयाँ नेतृत्वको माग चुलिएको हो । गत भदौ २२ गते सम्पन्न एमालेको दोस्रो विधान महाधिवेशनले अध्...
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ गर्ने सरकारको प्रयास तत्कालका लागि असफल भएको छ । सरकारले जारी गरेको पक्राउ पुर्जीविरुद्ध दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्या...



