बिहिबार, ३२ असार २०८३
नेपाली

करिब एक महिनामा थपिए ९३ हजार ३ सय ५१ नयाँ मतदाता

Main News Image

काठमाडौँ । कानून संशोधन गरेर सूचीकृत हुन समय तोकिएपछिको करिब एक महिनामा ९३ हजार ३ सय ५१ नयाँ मतदाता थपिएका छन् ।

आयोगले अनलाइनबाटै व्यक्तिगत विवरण भर्ने र त्यसअनुसार नजिकको निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने तथा बायोमेट्रिक दिने व्यवस्था मिलाएको छ। आयोगको वेबसाइट वा नागरिक एपमा रहेको आयोगको ‘लिंक’ मार्फत व्यक्तिगत विवरण भरिसकेपछि निर्वाचन कार्यालयमा गएर फोटो खिचाउने र बायोमेट्रिक गराउनुपर्नेछ ।

अनलाइनमार्फत नै आफूलाई सुविधा हुने निर्वाचन कार्यालयमा फोटो खिचाउने समय लिनुपर्नेछ ।१२ असोजदेखि नयाँ मतदाता विवरण सूचीकृत सुरु भएको थियो । १५ कात्तिकसम्म थपिएका नयाँ मतदातामा ५६ हजार ७ सय १८ पुरुष, ३६ हजार ६ सय २६ महिला र अन्य ९ जना छन् । मतदाताका लागि नाम दर्ता गर्न निर्वाचन आयोगले ३० कात्तिकसम्मको समयसीमा तोकेकाले अब दुई साताको अवधि मात्र बाँकी छ ।निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे शनिबार र बिदा बाहेकका दिनमा कात्तिकभर नयाँ मतदाताका लागि नाम सूचीकृत गर्न पाइने बताउँछन् ।

हालसम्म औसतमा दैनिक ६–७ हजार व्यक्ति सूचीकृत हुने गरेकामा अवधि सकिन लागेकाले महिनाको अन्त्यतिरसम्म त्यो संख्या बढेर दैनिक १० हजारसम्म पुग्न सक्ने उनको अनुमान छ ।आयोगका अनुसार गत असारसम्म मतदाता नामावलीमा नाम दर्ता गराएकाको संख्या १ करोड ८१ लाख ६८ हजार २ सय ३० छ । त्यसमा महिला मतदाता ८९ लाख १६ हजार ५ सय २, पुरुष मतदाता ९२ लाख ५१ हजार ५ सय ४१ र अन्य मतदाता १ सय ८७ छन् । अहिले नाम दर्ता गराएकाहरूले आगामी निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

mediabaaji add

सम्बन्धित खबर

बालेन र रविको गठजोडबारे प्रदीप ज्ञवालीको टिप्पणी : तिलस्मी तत्वको खोजीले कहीँ पुर्‍याउँदैन

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु स्वाभाविक र सकारात्मक भएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ लगायतले गरिरहेको ए...

राष्ट्रिय सभाको १९ औँ अधिवेशन : १७ घण्टामा सात महत्त्वपूर्ण विधेयक र अध्यादेशको काम फत्ते

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रिय सभाको १९ औँ अधिवेशन ऐतिहासिक उपलब्धिहरू हासिल गर्दै समापन भएको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नारायणप्रसाद दाहालले यो अधिवेशन समयका हिसाबले छोटो भए पनि कामको हिसाबले निकै महत्त्वपूर्ण र भविष्यमा गर्व गर्न सकिने...

मधेश प्रदेशमा पाँचदलीय गठबन्धनको सहमति, जितेन्द्र सोनल मुख्यमन्त्री बन्ने तयारी

जनकपुर । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दलहरुलाई आह्वान गरेपछि मधेश प्रदेशमा दलहरुबीच गठबन्धन हुने क्रम जारी रहेको छ । सो क्रममा हिजो मध्यरातसम्म बसेको विभिन्न दलहरुको बैठकले लोसपाको...

राष्ट्रपतिले गरे तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनका बैठकबाट पारित भएका तीन विधेयक प्रमाणीकरण गरेका छन् । उनले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रमाणीकरण गरेका हुन् ।

राष्ट्रपतिले संविधानको धारा १...

रास्वपाका १०२ उम्मेदवार विजयी, २३ निर्वाचन क्षेत्रमा अग्रता

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा हालसम्म १०२ क्षेत्रमा विजयी भएकोे छ। रास्वपाका उम्मेदवारले २३ निर्वाचन क्षेत्रमा अग्रता हासिल गरिरहेका छन् । निर्वाचन आयोगका अनुसार हालसम्म १३३ स्थानको मतगणन...

बालेन र महेश बस्नेतसँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले रास्वपा वरिष्ठ नेता बालेन शाह, नेकपा एमालेका सचिव महेश बस्नेत, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र निकोलस भुसाललाई स्पष्टीकरण सोधेको छ । शाह झापा ५, बस्नेत भक्तपुर २, साम्पाङ सुनसरी १ र भुसाल रूपन्देही २ मा उम्...