६८ वटा दलले दल दर्ता गराए, अन्तिमसम्ममा सबै आउनेछन् : निर्वाचन आयोग
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मंगलबार दिउसोसम्म ६८ वटा दलले दल दर्ता गराएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले हालसम्म ६८ वटा दलले आगामी प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ता गराएको बताए। साथै दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले जानकारी दिए ।
निर्वाचनमा सबैको सहभागिता रहने पनि उनले विश्वास व्यक्त गरे। ‘निर्वाचन एउटा राष्ट्रिय पर्व हो । यसमा सामान्य नागरिकहरुले तीन तरिकाले निर्वाचनमा सहभागिता जनाउने छन्। यसमा सबैको सहभागिता हुने भएकाले दल दर्ताको प्रक्रिया चलिरहेको छ र सबै दलहरू दर्तामा आउनु हुनेछ। त्यसैले आयोगले स्वतन्त्र, निष्पक्ष र भयरहित रुपमा निर्वाचन गराउने प्रण गर्नेछ,’ प्रवक्ता भट्टराईले भने ।
त्यस्तै उनले विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि कानुन निर्माणको चरणमा रहेको बताए । आयोगलाई अर्थ मन्त्रालयले ४ अर्ब ९६ करोड बजेट सुनिश्चित भएको जानकारी दिंदै अपुग बजेट माग गर्दै जाने पनि बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
साढे दुई दशकदेखि सिन्सियरको ठगीधन्दा, बालेन सरकारले गर्ला बन्द ?
काठमाण्डौँ । २६ वर्षअघि सहकारी विभागमा सिन्सियर सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड नामक सहकारी दर्ता भयो । त्यसपछि शुरु भयो–राजनीतिक खोल ओढेर ऋणी र बचतकर्तालाई ठग्ने, सुकुम्बासी बनाउने खेल । करोडको धितो लाखमै खाएर सिन्सियरले धेरैलाई सुकुम्बास...
उजुरी छानबिन गरी आज उम्मेदवारको नामावली प्रकाशन गरिने
काठमाण्डौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन गरिनेछ । निर्वाचन आयोगका अनुसार उम्मेदवारी पत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी आज साँझ ५ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिने भएको हो ।
य...
घोषित मितिमा निर्वाचन सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचन सफल बनाउन सबै पक्षले आ(आफ्नो स्थानबाट भूमिका निभाउन आग्रह गरेका छन् । शुक्रबार पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले न...
उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने कुलमानको दाबी
जनकपुर । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने दाबी गरेका छन् । बिहीबार चुनावी प्रचार प्रसारका क्रममा मधेश ओर्लिएका घिसिङले जनकपुरधाममा सञ्चारकर्मीह...
बन्दसूचीबाट उम्मेदवारले नाम फिर्ता लिएमा अर्को थप्न समय दिइने
काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा समावेश भएका कुनै उम्मेदवारले तोकिएको समयमा आफ्नो नाम फिर्ता लिन सक्ने र त्यसरी फिर्ता भएको स्थानमा सम्बन्धित दलले अर्को उम्मेदवार थप्न पाउने जनाइएको छ ।
...
ओलीसँग सार्वजनिक बहसमा सहभागी हुन बालेनद्वारा अस्वीकार
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साह र नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई पब्लिक डिबेटका लागि आह्वान गरेपछि बालेनले जवाफ फर्काएका छन्। बालेनले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार...



