अमेरिकी सैन्य कारबाहीमा इरानको ४२ जहाज ध्वस्त
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला तीन दिनको अवधिमा अमेरिकी सेनाले इरानका ४२ वटा नौसैनिक जहाज नष्ट गरेको दाबी गरेका छन् । फ्लोरिडा राज्यको डोराल शहरमा आयोजित ‘शील्ड अफ द अमेरिकाज समिट’ कार्यक्रममा पश्चिमी १२ देशका नेताहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् । ट्रम्पका अनुसार हालै गरिएको सैन्य कारबाहीका क्रममा अमेरिकी सेनाले इरानको नौसेनालाई ठूलो क्षति पुर्याएको छ ।
उनले इरानको हवाई शक्ति कमजोर पारिएको तथा देशको मुख्य सञ्चार तथा दूरसञ्चार प्रणाली समेत ठप्प पारिएको दाबी गरे । ट्रम्पले आफ्नो सम्बोधनमा अमेरिकी कारबाहीपछि इरानको नौसेना प्रभावहीन बनेको छ र सैन्य तथा सञ्चार संरचनामा गम्भीर असर परेको बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
इरानका सर्वोच्च नेता खामेनी मारिएको अमेरिकी दाबी, इरानद्वारा खण्डन
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनी मारिएको दाबी गरेका छन् । सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन्, ‘इतिहासकै सबैभन्दा क्रूर व्यक्तिमध्ये एक खामेनी मारिएका छन् । यो इरानका जनत...
अमेरिकी राष्ट्रपति ट्रम्प इरानसँगको शान्ति वार्ताका लागि रणनीति तयार गर्दै
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँगको युद्धमा सहयोगीहरूको साथ नपाएको र घरेलु मोर्चामा पनि घेरिँदै गएपछि, अब उनले यसबाट उम्कनका लागि सम्मानजनक शान्ति मार्ग खोजिरहेका छन् । उनको टोली अहिले इरानसँग सम्भावित शान्ति वार्ता शुरू गर्नका...
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काठमाडौँ । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन् । मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएको छ, जसले बाढ...
होर्मुज स्ट्रेटमा इरानले नयाँ प्रणाली लागू गर्ने, कुवेत र यूएईलाई कडा चेतावनी
काठमाण्डौँ । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले आफ्नो देशले चाँडै नै रणनीतिक महत्त्वको होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्न लागेको घोषणा गरेका छन् । शनिबार सञ्चारमाध्यमहरूसँ...
बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते
एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ ।
सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...
थाइल्याण्डमा उच्च गतिमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु
काठमाडौँ । थाइल्यान्डको नाखोन राचासिमा प्रान्तमा निर्माणाधीन क्रेन गुडिरहेको एक्सप्रेस रेलमाथि खसेर दुर्घटना भएको छ। यस घटनामा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई मुक्त गर्न प्रय...


