बिहिबार, १८ असार २०८३
नेपाली

ललितपुरमा ट्रक दुर्घटना हुँदा चालकसहित ४ जनाको मृत्यु

Main News Image

काठमाडौँ । ललितपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति नौ बजेटिर मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए ।

ईँटा लिएर जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको उनले बताए । दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का  र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको हो । 

दुर्घटनमा गम्भीर घाइते भएका अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको गौतमले जानकारी दिए। उनीहरुको सनाखत हुन बाँकी छ ।

mediabaaji add

सम्बन्धित खबर

३६ घण्टादेखि धनकुटा बजारमा बिजुली अवरुद्ध

काठमाडौँ । सोमबार राति आएको शक्तिशाली हावाहुरीका कारण अवरुद्ध भएको धनकुटाको विद्युत आपूर्ति आंशिक रूपमा पुनः सञ्चालनमा आएको छ । केही क्षेत्रमा लाइन जोडिए पनि सदरमुकाम क्षेत्र भने अझै विद्युतविहीन अवस्थामा रहेको छ ।

नेपाल विद्युत प्राधिकरण, ध...

अब राष्ट्रिय परिचयपत्र आफैँले डाउलोड गर्न सकिने

काठमाडौँ । सरकारले राष्ट्रिय परिचयपत्र सम्बन्धित व्यक्तिले नै डाउलोड गर्न मिल्ने सेवा सुरू गरेको छ । राष्ट्रिय परिचयत्रप तथा पञ्जीकरण विभागले हिजोदेखि परीक्षणका रूपमा उक्त सेवा सुरू गरेको हो । विभागको राष्ट्रिय परिचयपत्रसम्बन्धी वेबसाइट मार्फत व्य...

भोलिदेखि पुन आउँदैछ वर्षा गराउने प्रणाली

काठमाण्डौँ । मौसमविदले बिहीबारबाट पुनः वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका छन् । मौसमविद् विनोद पोखरेलले बिहीबार बेलुकाबाट पश्चिम नेपालमा वर्षा गराउने प्रणाली सक्रिय हुने बताएका हुन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञानका सहप्राध्याप...

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?

काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम प्रदेशमा मौसम मुख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा...

आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान मह...

मध्यपूर्व तनावको प्रभाव : काठमाडौंबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा इरानको जवाफी कारबाहीपछि नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्क प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन्...