बिहिबार, ३२ असार २०८३
नेपाली

प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता

Main News Image

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३८ दल दर्ता भएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने, प्रतिनिधिसभा निर्वाचनका लागि ३८ दल दर्ता भइसकेका छन् भने राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि ८ दल दर्ता भइसकेको छ । यसैगरी २८ दल दर्ता प्रक्रियामा रहेका छन् ।

उनका अनुसार आयोग निर्वाचनको सुरक्षा, व्यवस्थापन र अन्य तयारीहरू कार्ययोजना अनुसार अगाडि बढाइरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने मतदातालाई निर्दिष्ट समय कायम गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । मतदाता विवरण यही मङ्सिर २० गते आयोगको वेबसाइटमा प्रकाशित गरिनेछ । विवरणमा कुनै त्रुटि वा उजुरी भएमा मङ्सिर २१ देखि २७ गतेसम्म सच्याउन सकिने आयोगले जनाएको छ । भट्टराईका अनुसार विवरण सच्याउने प्रक्रिया सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

mediabaaji add

सम्बन्धित खबर

सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने

काठमाडौँ । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री...

ईश्वर पोखरेलको फरक दस्ताबेज प्रतिनिधिलाई बाँड्न दिइने

काठमाडौँ । एमालेको भावी अध्यक्ष पदका लागि लड्ने तयारीमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अवधारणा पत्र महाधिवेशनका प्रतिनिधिहरुलाई वितरण गर्न दिने सहमति बनेको छ । च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलको फरक दस्ताबेज...

कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तार, ४ मन्त्रीले लिए शपथ

काठमाडौँ । सुशीला कार्की नेतृत्वको सरकारमा ४ मन्त्री थपिएका छन् । आजै राष्ट्रपति निवास शितलनिवासमा चार मन्त्रीले शपथ लिएसँगै मन्त्रिपरिषद् चौथोपटक भएको हो । नवनियुक्त मन्त्रीहरुमध्ये कुमार इङ्नामले भूमि व्यवस्था,राजेन्...

महावीर पुनले स्वतन्त्र उम्मेदवारी दर्ता गराए

काठमाडौँ । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन् । मन्त्री पदबाट राजीनामा दिएर उनले स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दिएका हुन् । मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा प...

राष्ट्रपतिबाट प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश जारी गरेका हुन् । शुक्रबार राष्ट्रपति पौडेलले सो अध्यादेश जारी गरेका हुन् ।

रा...

फागुन २१ अघि महाधिवेशन हुनुपर्छ, म सभापतिमा उम्मेदवारी दिन्छु : गगन थापा

काठमाडौँ ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आागामी संसदीय निर्वाचनअघि पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । सोमबार काठमाडौंमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले फागुन २१ गते अघि नै पार्टीको १५ औँ महाधिवेशन हुनुपर्ने ब...