तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गरिँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि तीन लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको । एकै चरणमा हुने यो निर्वाचनका लागि सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी र निर्वाचन प्रहरी गरी यो संख्यामा परिचालन हुने भएको हो । २०७९ को चुनावमा भन्दा यस पटक उम्मेदवार बढी छन् । यसपालि समानुपातिकको ११० सिटमा ३ हजार २१३ उम्मेदवार छन्, प्रत्यक्षतर्फ १६५ सिटका लागि दल र स्वतन्त्र गरी ३ हजार ४०६ जनाको उम्मेदवारी परेको छ ।
गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ २ हजार ४१२ उम्मेदवार मैदानमा थिए । २०७९ मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेकामा यो पटक बढेर १ करोड ८९ लाख ३ हजार ६८९ पुगेका छन् ।
१० हजार ८९२ मतदानस्थलबाट २०७९ मा मतदान गराइएकामा यस पटक ११ हजार ९०१ मतदानस्थल तोकिएको छ । तीमध्ये अतिसंवेदनशील मतदानस्थल मात्रै ४ हजार छन् । गृह मन्त्रालयका अनुसार सुरक्षा चुनौतीकै कारण अतिसंवेदनशील मतदानस्थलको संख्या बढाइएको हो । निर्वाचन सुरक्षाका लागि सेनाबाट करिब ८० हजार, प्रहरीबाट करिब ७१ हजार, सशस्त्रबाट करिब ३५ हजार, राष्ट्रिय अनुसन्धान विभागबाट करिब २ हजार र ४० दिन कार्यअवधि तोकिएका निर्वाचन प्रहरी १ लाख ४९ हजार ९० जनालाई परिचालन गर्न लागिएको छ ।
२०७९ को निर्वाचनमा १ लाख १५ हजार म्यादीसहित करिब ३ लाख सुरक्षाकर्मी परिचालन गरिएको थियो । त्यतिबेला ३५ जिल्लाका ७१ मतदानस्थलमा हुलहुज्जत र तोडफोड गरिएकामा १५ स्थानको मतदान प्रभावित भएको थियो । ३२ ठाउँमा हवाई फायर गरिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ
काठमाडौँ । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ मङगलबारे बस्ने मान बहादुर दर्जी समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ९ सय मिलिग्राम सहित शनिबार बेलुकी प्रहरीले पक...
वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप
वीरगञ्ज । वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...
सुनसरीमा कर्फ्यु तोडेर तोडफोड भएपछि सेना परिचालन
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा दुई पक्षीय झडपपछि उत्पन्न तनाव थप भड्किएपछि स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरेको छ । जारी कर्फ्यु आदेशको प्रवाह नगरी सोमबार बिहानैदेखि प्रदर्शनकारीहरूले सडकमा टा...
क्यानडा पठाइदिन्छु भन्दै २७ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौँ । क्यानडामा आकर्षक तलबमा काम गर्न पठाइदिन्छु भन्दै प्रलोभनमा पारेर रकम ठगी गरेको अभियोगमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कञ्चनपुर भीमदत्त नगरपालिका–१८ घर भई हाल काठमाडौं महानगरपालिका वडा नम्बर ९ बस्ने ५१ वर्षीय गीत...
प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन ह...
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
काठमाण्डौँ । भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न न...



