बिहिबार, ०४ भदौ २०८३
नेपाली

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

Main News Image

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित विभिन्न स्थानबाट २६ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार बैङ्ककबाट नेपाल एयरलाइन्सको विमानमा आएका एक जना भारतीय नागरिकलाई पाँच किलो गाँजासहित त्रिभुवन अन्तरराष्ट्रिय आगमनकक्षबाट पक्राउ गरिएको हो ।

यसैगरी, काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट एक जना, नागार्जुन नगरपालिका–६ शरणपुरचोकबाट ७३ किलो गाँजासहित दुई जना, मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीबाट एक, नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूलीबाट पाँच जना, पोखरा नगरपालिका–२७ सैनिकबस्तीबाट एक जनालाई पक्राउ गरिएको हो ।

बाँकेको कोहलपुर नगरपालिका–१५ अक्कलघरुबाट खैरो हेरोइनसहित आठ जना, सोही नगरपालिकाको ढोरपुरबाट एक जना, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बाट एक जना र दाङको घोराही उपमहानगरपालिका–१८ गाउँबेँसी टोलबाट पाँच जनालाई पक्राउ गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

दुर्घटना न्यूनीकरण लक्षित ट्राफिक सप्ताह मनाइने

काठमाडौँ । सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह आयोजना गरेको छ । कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी माघ ३ गतेसम्म विभिन्न सचेतनामूलक कार्य...

काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा

काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरू...

अवैध लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २३ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँबाट ११, झापाबाट छ, चितवनबाट दुई तथा सिरहा, उदयपुर, दाङ र कैलालीबाट एकएक जनालाई पक्राउ गरेको ह...

तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ

कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका ६ राजाचोक नजिकै सञ्...

निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमती बिना चलाइएका ९०० सवारी नियन्त्रणमा

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका दिन काठमाडौं उपत्यकामा अनुमति नलिई सञ्चालन गरिएका सवारीसाधन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। निर्वाचनको समयमा सुरक्षा व्यवस्था कडा पार्दै निर्वाचन आयोगको अनुमति पास बिना चलाइएका ९०० सवारीसाधनलाई उपत्यकाका वि...

१० जना भीआईपीलाई ज्यान मार्ने धम्की दिने समूहका तीन जना पक्राउ,प्रमुख आरोपी फिलिपिन्समा, आशंका प्रदीप अधिकारीमाथि

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित १० जनालाई ज्यान मार्ने धम्की दिने समूहका तीनजना पक्राउ परेका छन् । उक्त समूहका मुख्य अभियुक्त फिलिपिन्समा रहेको खुलेको छ । धम्कीपूर्ण पत्र पठाउने...