बिहिबार, ०४ असार २०८३
नेपाली

विश्वभर २५७० औं बुद्ध जयन्ती मनाइँदै : शान्तिका अग्रदूत गौतम बुद्धको स्मरण

Main News Image

काठमाडौँ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका वाहक, शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जयन्ती आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वलाई बौद्ध धर्मावलम्बीहरूले बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण मृत्युको त्रिसंयोगका रूपमा विशेष श्रद्धाका साथ मनाउने गर्दछन् ।

भगवान् विष्णुको नवौँ अवतारका रूपमा समेत पुजिने बुद्धको पूजा, आराधना र प्रवचन सुन्दै आज देशभरका चैत्य, गुम्बा र विहारहरूमा भक्तजनको घुइँचो लागेको छ ।

लुम्बिनीदेखि स्वयम्भूसम्म विशेष रौनक

बुद्धको जन्मस्थल लुम्बिनीमा आज विशेष समारोहको आयोजना गरिएको छ। यस्तै काठमाडौंको स्वयम्भू, बौद्ध, नमोबुद्ध लगायतका प्रसिद्ध बौद्ध स्थलहरूमा बिहानैदेखि श्रद्धालुहरूको उपस्थिति रहेको छ। बौद्ध धर्मगुरुहरू र लामाहरूले परम्परागत विधिअनुसार पूजापाठ गरी विश्व शान्तिको कामना गरेका छन्।

सिद्धार्थ गौतमदेखि ‘बुद्ध’ सम्मको यात्रा

आजभन्दा २५७० वर्षअघि इसापूर्व ५६३ रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको कोखबाट राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो । राजसी सुखसुविधामा हुर्किए पनि मानिसले भोग्नुपरेका रोग, बुढ्यौली र मृत्युजस्ता दुःख देखेर विरक्तिएका सिद्धार्थ २९ वर्षको उमेरमा सत्य र शान्तिको खोजीमा दरबार त्यागेर गृहत्याग गरी तपस्यामा निस्किएका थिए ।


mediabaaji add

सम्बन्धित खबर

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ

काठमाडौँ । महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो ।

बिदाइका लागि संस्थानले करिब...

अन्नपूर्ण आधार शिविरमा पदयात्रा रोकियो : पर्यटकलाई नारच्याङ र भुरुङ तातोपानीमा ल्याइयो

म्याग्दी । हल्का वर्षासहित हिमपात भएपछि म्याग्दी र मुस्ताङका पर्यटकीयस्थलका भ्रमणमा गएका पर्यटक समस्यामा परेका छन् । गए रातिदेखि ती जिल्लाका पहाडी क्षेत्रमा हल्का वर्षा र माथिल्लो क्षेत्रमा हिमपात भएको छ । हिमपातका कार...

गर्भवतीको मृत्युपछि किस्ट अस्पतालको अवस्था तनावग्रस्त

काठमाडौँ । ललितपुरको इमाडोलस्थित किष्ट शिक्षण अस्पतालको अवस्था तनावग्रस्त भएको छ। उपचारको क्रममा सुत्केरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त भएको हो। अस्पताल परिसरमा ढुंगामुढासहित तोडफोड गरिँदा केही व्यक्ति घाइते समेत भएका छन् ।

अस्पतालको ला...

विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै

काठमाडौँ । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रुपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । 

बालश्रम विरुद्धआ...

लाइसेन्सको विवरण अब विभागको फेसबुकमा

काठमाडौँ । यातायात व्यवस्था विभागले छपाइ गरी वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र लाइसेन्सको विवरण अब फेसबुकमा राख्ने भएको छ । विभागले बिहीबार सूचना जारी गरी सुरक्षण मुद्रण केन्द्रबाट छपाइ सम्पन्न भई वितरणका ला...

बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई मजदुरको ज्यान गएको छ। दुर्घटनामा १९ जना घाइते भएका छन् । लु ५ त १७४ नम्बरको ट्रयाक्टर अनियन्त्रित भ...