कांग्रेस कास्की-३ बाट प्रत्यक्षतर्फ १२ सहित २२ जनाको नाम सिफारिस
पोखरा । नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ ले उम्मेद्वार सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट प्रत्यक्षतर्फ १२ र समानुपातिकतर्फ १० जनाको नाम सिफारिस गरिएको हो । प्रत्यक्षतर्फका लागि सिफारिस हुनेमा कास्की क्षेत्र नं ३ का सभापति मनोज गुरुङ, गण्डकी प्रदेश सदस्य खिमलाल बस्तोला, सीता गुरुङ, जीवनप्रसाद बास्तोला, देवेन्द्र केसी, महोदत्त पोखरेल छन् ।
यसैगरी प्रत्यक्षतर्फ सिफारिस हुनेमा महासमिति सदस्य रामचन्द्र त्रिपाठी, दुर्गाप्रसाद तिमिल्सिना, डा। कृष्णप्रसाद पौडेल, नेविसंघका केन्द्रीय सदस्य ई। यामकृष्ण पौडेल, कांग्रेसका पूर्व क्षेत्रीय सभापति रामप्रसाद अधिकारी र पूर्व महाधिवेशन प्रतिनिधि धर्मराज अधिकारी छन् ।
यता, संविधानसभा सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य शारदा पौडेल यसपटक समानुपातिकतर्फ सिफारिस भएकी छन् । यस्तै महासमिति सदस्य आइबहादुर गुरुङ, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष देवेन्द्रकुमार शेरचन, कास्की जिल्ला सदस्य विजयालक्ष्मी कोइराला, कमला बिन्दु बराल, गण्डकी प्रदेश सदस्य प्रभा सुवेदी, नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्य भीमबहादुर गुरुङ, संविधानसभा सदस्य कृष्ण परियार, नेपाल दलित संघका केन्द्रीय सदस्य मनबहादुर विक र नेपाल दलित संघ कास्कीका सभापति दुर्गाबहादुर सुनार छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
६ सरकारी कागजातका आधारमा मतदान गर्न पाइने
काठमाडौँ । निर्वाचन आयोगले सरकारी कागजातमध्ये कुनै एक भए मतदान गर्न पाइने जनाएको छ । आयोगले मतदाता परिचयपत्र नभए पनि ६ प्रकारका सरकारी कागजातमध्ये कुनै एक प्रस्तुत गरे मतदान गर्न सकिने स्पष्ट पारेको हो । आयोगका अनुसार मतदान गर्न मतदाता नामावलीमा न...
मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति–२०८२ स्वीकृत
काठमाडौँ । सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उनको अनुसार बै...
दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आ।व।२०८३र८४को मौद्रिक नीतिमा समेट्नु पर्ने विषयहरूका सम्बन्धमा विज्ञ एवं सरोकारवालाहरूसँग छलफल हुने कार्यसूची रहेको छ ।
यसैगरी, महिला तथा साम...
चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली आज नेपाल आउँदै
काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीअन्तर्गत अन्तर्राष्ट्रिय विभागकी नेपाल मामिला प्रमुख झेङ युहा ९सरला० नेतृत्वको टोली आज काठमाडौं आउँदैछ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन, जटिल हुँदै गइरहेको भूराजनीति, नेपालको अस्थिर राजनीति र अनिश्चिताबीच...
सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति नेकपाको गम्भीर आपत्ति
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले प्रतिनिधिसभामा नेपाल भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीले व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम...
उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले उपसभामुखमा महिला उम्मेदवार उठाउने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत राईले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा खडा गर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘सभामु...



