नेप्सेमा २१.७८ अंकको गिरावट, ३ अर्ब ७९ करोडको कारोबार
काठमाडौँ । साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २१.७८ अंकले घटेर २५४३.३७ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२१ कम्पनीको ८३ लाख २२ हजार ३३८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७९ करोड माथिको सेयर कारोबार भएको छ । आज ४५ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३८ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा राधी विद्युतको २२ करोड १० लाख रुपैयाँ र तेस्रोमा सहास उर्जाको १३ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यसदिन सागर डिष्टिलरीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, बुंगल हाइड्रोपावर र बन्दीपुर केवलकारका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले आज सर्वाधिक ८.७२ प्रतिशतका दरले गुमाएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
नेप्सेमा २७.६४ अंकको गिरावट, ५ अर्ब १५ करोडमा सीमित
काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजार नेप्से परिसूचक २७.६४ अंकले घटेर २५९५.२४ को विन्दुमा झरेको छ । नेप्सेमा यसदिन ३२२ कम्पनीको १ करोड ३४ लाख ३ हजार ८९८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १५ करोड माथिको सेयर कारो...
मंगलबार विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैस...
एभरेष्ट कलरले वैशाख १६ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौँ । एभरेष्ट कलर लिमिटेडले यही वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रुपैयाँ बराबरको प्र...
नेप्सेमा २७.५९ अंकको गिरावट, ६ अर्ब ६९ करोडमा झर्यो कारोबार
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २७.५९ अंकले घटेर २६१४.५५ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ४३० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड ९७ लाखको सेयर कारोबार भएको छ । आज ३४ कम्पनीको से...
आजदेखि यी कम्पनीको आईपीओ खुल्ला
काठमाडौँ । आजदेखि होटल फरेष्ट इन लिमिटेडको आईपीओ सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री आवेदन खुला गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि ३३ लाख २० हजार कित्ता सेयर जारी गरेको हो ।
कम्पनीले सामूहिक लगानी कोषका लागि २ लाख कित्ता कित्ता...
विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको दर अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन यु...



