शुक्रबार, २२ साउन २०८३
नेपाली

क्यानको महानिर्देशक पदका लागि २१ जनाको आवेदन

Main News Image

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै महानिर्देशक पदका लागि आवेदन परेका उम्मेदवारको संख्या सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार पदपूर्तिका लागि यही वैशाख १२ गतेदेखि आवेदन आह्वान गरिएको थियो ।

प्राधिकरणको नेतृत्व चयनका लागि खुलाइएको उक्त पदमा अपेक्षाअनुसार उच्च रुचि देखिएको मन्त्रालयले जनाएको छ । अब प्राप्त आवेदनहरूको प्रारम्भिक छनोट तथा मूल्यांकन प्रक्रिया अघि बढाइने र योग्य उम्मेदवारहरूलाई थप प्रक्रियामा सहभागी गराइने बताइएको छ । महानिर्देशक पद क्यानको प्रमुख कार्यकारी जिम्मेवारी सम्हाल्ने पद भएकाले यसमा प्रतिस्पर्धा उच्च हुने अपेक्षा गरिएको छ ।

mediabaaji add

सम्बन्धित खबर

देशका सबै विमानस्थलमा २४ घण्टाभित्रै स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान तथा शिशु हेरचाहकक्ष स्थापना गर्न निर्देशन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थलको सरसफाइ सुरक्षित एवं गोपनीयता सुनिश्च...

आज देशभर बादल लाग्ने, मध्यम वर्षारहिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानहरूम...

आइतबार, कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। आइतबार अन्य भूभागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आ...

बढ्यो तापक्रम, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्रीभन्दा माथि

काठमाडौँ । उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ ।  यस क्रममा आज काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १६ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम...

सुकुमबासी बस्तीका विद्यार्थीको समस्यालाई हल गर्न शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमवासी बस्ती हटाउँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेको छ । मन्त्री सस्मित पोखरेलको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन...

मनसुन सक्रिय : देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विशेष अपिल गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव तीव्र रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र आसपास सरे...