शनिबार, ०२ साउन २०८३
नेपाली

पोखरामा तास खेल्ने–खेलाउनेसहित २० जना पक्राउ

Main News Image

काठमाडौं । पोखराका विभिन्न ठाउँमा जुवातास खेल्ने खेलाउने २० जना पक्राउ परेका छन् । कास्की प्रहरीको टोलीले तीन ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । जुवातास खेलिरहेको गोप्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । पोखरा ९ नयाँबजारबाट ५ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट २१२ पत्ती तास र २ लाख ५९ हजार ४५५ रुपैयाँ नगद बरामद गरेको छ । यस्तै, पोखरा २६ विजयपुरको लम्पीबोट सामुदायिक जंगलबाट ७ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट १४ थान कौडा ७७ हजार २०५ नगद बरामद भएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतले बताए ।

पोखरा २ मोहोरियाटोलबाट थप ८ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट ६ बुक तास र २ लाख ७३ हजार ४४५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएके छ । सबैलाई जुवातास मुद्दामा अनुसन्धान भैरहेको बस्नेतले जानकारी दिए ।

mediabaaji add

सम्बन्धित खबर

छ महिनामा इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट नेपाल फिर्ता ल्याइयो

काठमाडौँ । स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी संगठन इन्टरपोलसँगको समन्वयमा नेपाल फिर्ता ल्याएको छ । चालु आर्थिक वर्षमा ११ जनाविरूद्ध ‘रेड नोटिस’ र तीन जनाविरूद्ध ‘डिफ्युजन’...

आईजीपी नारायणदत्त पौडेलले २२ महिना सम्हाल्नेछन् सशस्त्र प्रहरीको कमाण्ड

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको १३ औं आईजीपीमा नारायणदत्त पौडेललाई बढुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक एआईजी पौडेललाई आईजीपी सशस्त्र प्रहरी प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो ।

...

पशुपतिमा प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ

काठमाण्डौँ । शिवरात्रिमा पशुपतिमा खटिएका प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मकवानपुरका २५ वर्षीय रिजन श्रेष्ठलाई पक्राउ गरेको हो। उनी काठमाडौँ बस्दै आएका थिए । 

शिवरात्रीमा उनले पशुपतिम...

काठमाडौंबाट हराएका ५३ वटा मोटरसाइकल सवारीधनीले पाए

काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ५३ वटा मोटरसाइकल र स्कुटर सवारीधनीलाई बुझाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबार आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो । काठमाडौं उपत्यका ट्रफिक प्रहरी...

गौरमा पुनः निषेधाज्ञा जारी

रौतहट । जिल्ला प्रशासन कार्यालयले गौर नगर क्षेत्रभित्र पुनः निषेधाज्ञा जारी गरेको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क अनुसार गौर नगरपालिकाको पूर्व मुडबलवा गेट, पश्चिम लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयभित्र आज बिहान ८...

रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते

काठमाण्डौँ । रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो । बिहीबार राति नै एक चरण झडप भएको थियो । प्र...