ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन
काठमाण्डौँ । २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको १६८, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५५, सङ्केत बत्ती उल्लङ्घनकर्ता १३७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५२ जनालाई कारबाही गरिएको हो ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०२, निषेधित क्षेत्रमा हर्न बजाउने १७८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १२३, एकतर्फी सडकमा सवारी चलाउने ११३ र अन्य सवारी नियम पालना नगरेका एक हजार ७२ जनालाई कारबाही गरिएको हो ।
एक्सप्रेस
सम्बन्धित खबर
एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि...
काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव भक्तपुर–ललितपुर सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको हो...
जेनजी आन्दोलनमा प्रहरीको हत्यामा संलग्न थप एक जना पक्राउ
काठमाडौँ । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत प्रहरी जवान उत्तम थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले २१ वर्षीय सोङ गुरुङलाई काठमाडौँको धुम्बाराह...
भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
काठमाण्डौँ । भारतको पश्चिम बंगाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द गरिएको छ ।
भारतको दार्जिलिङ जिल्ला प्रशासन कार्यालयले सोमबार साँझ ६ः०० बजेदेखि वैशाख १० गते मतदान सम्पन्न न...
नेपाल प्रहरी लेखिएको पेस्तोलसहित तीनजना पक्राउ
काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियारसहित तीनजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा विभिन्न प्रहरी कार...
इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते
काठमाडौँ । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टामा पर्खाल भत्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
पर्खालको...
“सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी” सम्पन्न
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको आयोजनामा “काठमाडौँ उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी ” २०८२ सम्पन्न भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहर...



