शुक्रबार, २२ साउन २०८३
नेपाली

राष्ट्रिय सभामा २ पद रिक्त, नियुक्तिका लागि आयोग नै अलमल

Main News Image

काठमाडौँ । राष्ट्रिय सभाका दुई पद अझै रिक्त रहेका छन् । एक पद सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत गर्नुपर्ने हो भने अर्को पद सुदूरपश्चिमबाट निर्वाचित सदस्य बलदेव बोहराको निधनपछि रिक्त भएको हो ।

मनोनीत सदस्यका लागि तत्कालीन सरकारले गृहमन्त्री ओमप्रकाश अर्यालको नाम सिफारिस गरे पनि राष्ट्रपति कार्यालयले उक्त सिफारिस हालसम्म होल्डमा राखेको छ । यता, बलदेव बोहराको निधनपछि रिक्त भएको पदमा निर्वाचन गराउनुपर्ने भए पनि निर्वाचन आयोगले अहिलेसम्म कार्यतालिका सार्वजनिक गरेको छैन । कानुनअनुसार सदस्य पद रिक्त भएको ३५ दिनभित्र निर्वाचन सम्पन्न हुने गरी तालिका तय गर्नुपर्ने व्यवस्था भए पनि आयोगले निर्वाचन प्रक्रिया अझै अघि बढाएको छैन ।


mediabaaji add

सम्बन्धित खबर

बिहीबारको चुनावको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापक...

सार्वजनिक बिदा घटाउन गृहको सहसचिवको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ । नेपाल सरकारका सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि अध्ययन कार्यदल गठन गर्नेसहित विभिन्न २२ वटा महत्त्वपूर्ण निर्णयहरू गरेको छ । सोमबार मुख्य सचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले हाल सातामा दुई दिन सार्वजनिक...

जुम्लामा ज्ञानेन्द्र शाही विजयी, विनीता कठायतको जमानत जफत

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्ला क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका उम्मेदवार ज्ञानबहादुर ज्ञानेन्द्र शाही विजयी भएका छन् । यस जितसँगै राप्रपाले यसपालि आफ्नो जीतको खाता खोलेको हो । शनिबार फागुन २३ दिउँसो सार्वजन...

लेखराज भट्टले अस्वीकार गरे ओली समूहको सचिव पद

काठमाडौँ । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिव पदमा उम्मेदवार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली समूहबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे आफूलाई जानकारी नभएको बताए । नेकपा एमालेको जारी ११औँ महाधिवेश...

प्रतिनिधि सभा निर्वाचनमा जिल्लाबाहिरबाट मतदान गर्न नपाइने

काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा पनि जिल्ला बाहिर रहेका मतदाताले मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले निश्चित समूहका लागि मात्रै अस्थायी मतदाता नामावली संकलन गरेकाले सबै मतदाताले अन्तरजिल्ला मतदान गर्न नपाउने भएका हुन् । ...

७० हजार नयाँ मतदाता थपिए

काठमाडौँ । मतदाता नामावलीमा नाम दर्ता गर्न क्रम जारी छ । हालसम्म ७० हजार नयाँ मतदाता थपिएका छन् । २ कात्तिकसम्म ७० हजार ४ सय १५ जना व्यक्ति मतदाता नामावलीमा थपिएका निर्वाचन आयोगले जनाएको छ । अध्यादेशमार्फत कानुन संशोधन...