शनिबार, ०२ साउन २०८३
नेपाली

भुजुङ्ग हाइड्रोपावरको २० लाख कित्ता आईपीओ आउँदै

Main News Image

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड सेबोनले भुजुङ्ग हाइड्रोपावर लिमिटेडलाई सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ जारी गर्ने अनुमति दिएको छ । सेबोनले कम्पनीलाई प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता शेयर जारी गर्न स्वीकृति प्रदान गरेको हो ।

उक्त आईपीओ आयोजना प्रभावित स्थानीयसमेत सर्वसाधारणका लागि खुला गरिनेछ । यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । हाल भुजुङ्ग हाइड्रोपावरमा संस्थापक समूहको ८० प्रतिशत शेयर स्वामित्व छ । कम्पनीको हालको ८० करोड रुपैयाँ चुक्तापूँजी आईपीओपछि बढेर एक अर्ब रुपैयाँ पुग्नेछ ।

कम्पनीले लमजुङ जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको ‘अपर मिदि जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीका अनुसार सो आयोजना २०८१ वैशाख ६ गतेदेखि व्यावसायिक उत्पादनमा आइसकेको छ । भुजुङ्ग हाइड्रोपावरले २०७६ भदौ २६ गते विद्युत उत्पादन लाइसेन्स प्राप्त गरेको थियो, जसको अवधि २१११ भदौ २५ गतेसम्म कायम रहनेछ । यस आईपीओ जारी भएपछि परियोजनाको लगानी संरचना थप सुदृढ हुने तथा कम्पनीको दीर्घकालीन वित्तीय क्षमतामा सुधार आउने अपेक्षा गरिएको छ ।

 

mediabaaji add

सम्बन्धित खबर

एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले दिए राजीनामा

काठमाडौँ । एनआईशी एशिया बैंकका अध्यक्ष तुल्सीराम अग्रवालले राजीनामा दिएका छन् । आइतबार बसेको सञ्चालक समितिको बैठकमा अग्रवालले राजीनामापत्र बुझाएका हुन् । उनको राजीनामा सोही बैठकबाट स्वीकृत गरिएको बैंकले जानकारी दिएको छ । कुनै समय आक्रामक बैंकिङको...

अन्तरदेशीय प्रसारण लाइनको लाभ प्राधिकरणले पनि पाउने ऊर्जा मन्त्रालयको दाबी

काठमाडौँ । सरकारले नेपाल र भारतबिच निर्माण हुने अन्तरदेशीय प्रसारण लाइनबाट प्राप्त हुने लाभ नेपाल विद्युत् प्राधिकरणले पनि प्राप्त गर्ने स्पष्ट पारेको छ । नेपाल–भारतबिच इनरुवा–पूर्णीया र दोदोधारा–बरेल...

दाङमा युवा किसानको स्ट्रबेरी खेती फस्टाउँदै, लाखौँको कारोबार

काठमाडौँ । कृषि प्रविधि र व्यावसायिक सोचका कारण दाङको घोराही क्षेत्रमा स्ट्रबेरी खेती फस्टाउन थालेको छ । कैलालीका २७ वर्षीय दशरथ साउदले घोराही–१५ मा दुई बिघा जग्गामा गरेको स्ट्रबेरी खेतीबाट लाखौँको कारोबार गर्दै आएका...

सोमबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ प...

सुनचाँदीकै मूल्यमा गिरावट, फेरि लगातार घट्न थाल्यो सुनको भाउ

काठमाण्डौँ । आज सुनचाँदीकै मूल्य घटेको छ। प्रतितोला १५ सय रुपैयाँ घटेर सुनको भाउ आज तीन लाख चारसयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको सोमबारदेखि सुनको भाउ लगातार घट्दै आएको छ। मंगलबार तोलामा नौसय रुपैयाँ घटेको सुनको भाउ सोमबार...

डलरको बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा, खाडी मुलुकका मुद्राको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा कायम भएको छ ।