शनिबार, ०६ भदौ २०८३
नेपाली

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन

Main News Image

काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ६१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९,  संकेत बत्ती उल्लङ्घनकर्ता ६१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११३ जनालाई कारबाही गरिएको हो । 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०७, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९३, एकतर्फी सडकमा सवारी चलाउने ९६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २५६ गरी कूल दुई हजार   जनालाई कारबाही गरिएको हो ।


mediabaaji add

सम्बन्धित खबर

इँटाभट्टाको पर्खाल भत्किँदा एकको मृत्यु, चार जना घाइते

काठमाडौँ । ललितपुरमा इँटाभट्टाको पर्खाल भत्किँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । आइतबार बिहान करिब १० बजे हरिसिद्धिस्थित होसना इँटाभट्टामा पर्खाल भत्किँदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पर्खालको...

जथाभावी हर्न बजाउने २०० चालक कारबाहीमा

काठमाडौँ । काठमाडौं उपत्यकामा बढ्दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियानअन्तर्गत शनिबार जथाभावी हर्न बजाउने २०० भन्दाबढी सवारीसाधनका चालकलाई कारबाह...

हेलमेटबिना बुलेट हाँकेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई निवासमै पुगेर ५ सय जरिबाना

कैलाली । कानुन र नियम सर्वसाधारणका लागि मात्र होइन, उच्च पदमा आसीन विशिष्ट व्यक्तिहरूलाई पनि समान रूपमा लागू हुन्छ भन्ने गतिलो उदाहरण सुदूरपश्चिम प्रदेशमा देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सरकारी निवास परिसरभित्रै हेलमेट...

किशोरको हत्या आरोपमा उनको ‘प्रेमिका’सहित ३ जना पक्राउ

काठमाडौँ । दाङमा एक किशोरको हत्या आरोपमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय सन्दीप वली, १८ वर्षीय निश्चल चौधरी र १८ वर्षीया आकृति बुढा रहेका छन् । प्रारम्भिक अनुसन्धानमा भेट्न बोलाएर कुटपिट गर्ने क्रममा राप्ती गाउँपालिका–२ बाह्रखुट्...

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई जिम्मेवार बन्न आग्रह

काठमाडौँ । प्रहरी महानिरीक्षक आईजीपी दानबहादुर कार्कीले देशमा सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेका छन् । भिडियो सन्देशमार्फत उनले नेपाल विविधतामा एकताको गौरवमय इतिहास बोकेको सुन्दर देश भएको बताएका...

ललितपुरमा श्रीमतीको हत्या गरेर प्रहरीमा आत्मसमर्पण

काठमाडौँ । ललितपुरमा एक श्रीमानले आफ्नी श्रीमतीको हत्या गरेर आफैं प्रहरी कार्यालयमा पुगेर आत्मसमर्पण गरेका छन् । गोदावरी नगरपालिका–७ देवीचौरका ३० वर्षीय विनोद पाख्रिन यसरी आत्मसमर्पण गर्न पुगेका हुन् । उनले टिकाभैरव प्रहरी चौकीमा गएर आत्मसमर्पण गर...