चुनाव विरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा कडा
काठमाडौँ । देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले निर्वाचनविरोधी गतिविधि गर्ने, ‘मिस इनफरमेसन’ र ‘डिस इन्फरमेसन’ प्रवाह गर्ने तथा गाडी जलाउनेलगायत निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जनलााई पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार सुरक्षा चुस्त र प्रभावकारी बनाइएकाले काठमाडौँमा राति दुई वटा गाडी जलाएको पाइए पनि निर्वाचनसँग सम्बन्धित अन्य गम्भीर प्रकृतिका कुनै पनि घटना भएका छैनन् । प्रवक्ता काफ्लेले सबै मतदानस्थलमा प्रहरी पुगिसकेको जानकारी दिँदै सुरक्षा मजबुत पारिएको बताए । उनले भने, “जिल्लाका मतदान केन्द्रहरूमा सर्वदलीय, सर्वपक्षीय बैठक बसेर सुरक्षालाई चुस्त बनाउने काम भएको छ । मोबाइल र रिजर्भ टोलीले अन्य सुरक्षा संयन्त्रसँग समन्वय गरी निर्वाचन सुरक्षा सुदृढ बनाउन उच्च मनोबलका खटिने काम भएको छ । प्रविधि र सामाजिक सञ्जालको दुरुपयोग गर्ने तथा मौन अवधि उल्लङ्घन गर्नेहरू पहिचान गरी विशेष निगरानी गर्ने र नियन्त्रण गर्ने काम भइरहेको छ ।”
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले केन्द्रीय निर्वाचन सेलको अनुगमन गरी मौन अवधिमा सीमा सुरक्षामा विशेष निगरानी र सुरक्षा चुस्त बनाउन मातहतका निकायलाई निर्देशन दिएको पनि उनले जानकारी दिए । देशका विभिन्न क्षेत्रमा तर्साउनका लागि राखिएका पाँच वटा नक्कली वस्तु फेला परेका र सेनाले निष्क्रिय गरेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
“दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको छैटौँ दिन सचेतनामूलक विविध कार्यक्रम सम्पन्न
काठमाण्डौँ । “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२” अन्तर्गतको आज छैटौँ दिन ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा सचेतनामूलक विविध कार्यक्रम गरेको छ ।
आजको कार्यक्रम अन्त...
ट्राफिक नियम उल्लंघनको महँगो मूल्य : एकै दिन २२ लाख ७४ हजार जरिवाना असुल
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा २२ लाख ७४ हजार ५०४ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ...
प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक एकता खल्बल्यायो : प्रहरी महानिरीक्षक
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न र आपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरी सङ्गठनलाई रणनीतिक ढंगबाट परिचालित गरिएको बताएका छन् ।
उनले मुलुकमा समग्रतामा अहिले शान्ति सुरक्षाको स्थिति स...
काठमाडौंका विभिन्न स्थानमा लुटपाट गर्ने १० जना नियन्त्रणमा
काठमाडौँ । काठमाडौं उपत्यकामा रातको समयमा बढिरहेको लुटपाट र आतंकका घटनालाई नियन्त्रण गर्न प्रहरीले सक्रियता बढाएको छ । मूलपानीमा बुधबार राति प्रहरीले विशेष अभियान चलाएर १० जना लुटेरा पक्राउ गरेको काठमाडौं प्रहरीले पत्रकार सम्मेलन गरि जानकारी गराएक...
थानकोटमा भिनाजुको चक्कु प्रहारबाट सालोको मृत्यु
काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–३ थानकोटमा एक दुःखद पारिवारिक घटना सार्वजनिक भएको छ । महोत्तरी घर भई हाल थानकोट बस्दै आएका भिनाजु समी अहमद र सालो जाकिर मन्सुरीबीचको सामान्य घरायसी झगडाले उग्र रूप लिँदा मन्सुरीले ज्यान गुमाउनुपरेको छ ।<...
साइबर ब्यूरो कार्यालय भवन काठमाडौँ महानगरपालिकाले लियो
काठमाडौँ । गृह मन्त्रालयले काठमाडौँ महानगरपालिका–२७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरो कार्यालय रहेको भवन काठमाडौँ महानगरपालिकालाई प्रयोग गर्न दिने भएको छ । यस विषयमा गृह मन्त्रालयले आज सहमति दिएको हो । आज गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षत...



