अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा
काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेपाली सुरक्षित छन् ।
सरकारले तत्काल खतरा नरहेको दोहोर्याए पनि युद्धको सम्भावित विस्तार र हवाई अवरोध लम्बिँदै जाँदा लाखौँ नेपाली श्रमिकको सुरक्षालाई लिएर चिन्ता भने बढ्दो छ । हवाई उडान ठप्प, सैन्य गतिविधि तीव्र र कूटनीतिक सतर्कता बढेसँगै सरकार पनि आकस्मिक तयारीमा जुटेको छ । सरकारले परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ ।
टोलीमा गृह, अर्थ, कानुन, पर्यटन तथा नागरिक उड्डयन, कन्सुलर सेवा विभाग, राहदानी विभाग, नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका प्रतिनिधि छन् । पश्चिम एसिया मामिला हेर्ने महाशाखा प्रमुख तथा टोलीका सदस्यसचिव रामकाजी खड्काका अनुसार सम्भावित उद्धार रणनीति र परिस्थितिको निरन्तर विश्लेषण सुरु भइसकेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
बेरोजगारी संख्या जापानमा बढ्दै
टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...
रवि र बालेनसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता वरिष्ठ नेता बालेन्द्र शाहसँग टेलिफोन संवाद गरेका छन् । मोदीले दुवै नेतासँग सोमबार टेलिफोन संवाद गर्दै हालै सम्पन्न निर्वाचनमा रास्वपाको जीतका लागि बधाई दिएका छन्। मोदी...
होर्मुज स्ट्रेटमा इरानले नयाँ प्रणाली लागू गर्ने, कुवेत र यूएईलाई कडा चेतावनी
काठमाण्डौँ । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले आफ्नो देशले चाँडै नै रणनीतिक महत्त्वको होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्न लागेको घोषणा गरेका छन् । शनिबार सञ्चारमाध्यमहरूसँ...
इरानी हमलापछि अमेरिकी एफ–३५ को आपतकालीन अवतरण
काठमाडौँ । इरानी हमलापछि अमेरिकाको एक एफ–३५ लडाकु विमानलाई बिहीबार आपतकालीन अवतरण गराइएको छ । सीएनएनले स्रोतलाई उद्धृत गर्दै यसबारे रिपोर्ट सार्वजनिक गरेको छ । अमेरिकी सेनाको मध्य कमान्ड सेन्टकमका प्रवक्ता क्याप्टेन टिम हकिन्सका अनुसार पाँचौँ पुस्...
पाकिस्तानद्वारा अफगानिस्तानमा हमला गर्दा ४०० जनाको मृत्यु
काठमाडौँ । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा ४०० जनाको मृत्यु भएको र २५०...
शेख हसिनालाई मृत्युदण्डको सजाय
काठमाडौँ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण आइसीटीले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको गम्भीर अपराधको दोषी ठहर गरेको छ । तीन न्यायाधीशको न्यायाधिकरणले यस मुद्दामा शेख हसिनालाई मृत...


