बिहिबार, ३२ असार २०८३
नेपाली

अमेरिका– इरान युद्धले विदेशमा रहेका १७ लाख नेपाली त्रासमा

Main News Image

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य हमलापछि मध्यपूर्व पश्चिम एसियामा चर्किएको तनावले त्यहाँ रहेका १७ लाख २९ हजार २८७ नेपाली असुरक्षाको मनोवैज्ञानिक दबाबमा छन् । संयुक्त अरब इमिरेट्समा एक नेपालीको ज्यान गएको दुस्खद घटनाबाहेक अन्य नेपाली सुरक्षित छन् ।

सरकारले तत्काल खतरा नरहेको दोहोर्‍याए पनि युद्धको सम्भावित विस्तार र हवाई अवरोध लम्बिँदै जाँदा लाखौँ नेपाली श्रमिकको सुरक्षालाई लिएर चिन्ता भने बढ्दो छ । हवाई उडान ठप्प, सैन्य गतिविधि तीव्र र कूटनीतिक सतर्कता बढेसँगै सरकार पनि आकस्मिक तयारीमा जुटेको छ । सरकारले परराष्ट्रसचिव अमृतबहादुर राईको नेतृत्वमा सरोकारवाला मन्त्रालयका प्रतिनिधि सम्मिलित ‘इमर्जेन्सी रेस्पोन्स टिम’ गठन गरेको छ । 

टोलीमा गृह, अर्थ, कानुन, पर्यटन तथा नागरिक उड्डयन, कन्सुलर सेवा विभाग, राहदानी विभाग, नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका प्रतिनिधि छन् । पश्चिम एसिया मामिला हेर्ने महाशाखा प्रमुख तथा टोलीका सदस्यसचिव रामकाजी खड्काका अनुसार सम्भावित उद्धार रणनीति र परिस्थितिको निरन्तर विश्लेषण सुरु भइसकेको छ ।

mediabaaji add

सम्बन्धित खबर

मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै

काठमाडौँ । इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताए अनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दा...

इरानसँगको वार्ता सकरात्मक भएको ट्रम्पको दाबी

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा भएको प्रगति सकारात्मक रहेको बताएका छन् । हालै कतारमा भएका बैठकहरू समेत सकारात्मक रहेको उनको दाबी छ ।

बुधबार नर्थ डकोटाका लागि प्रस्थान गर्नुअघि पत्रकारहरूसँग कुरा गर्दै राष्...

फिलिपिन्समा ८.२ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । फिलिपिन्समा सोमबार गएको ८.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प भएको छ । भूकम्पले भवनहरूमा क्षति पुगेको छ । भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।

देशका वि...

अफगानिस्तानमा भीषण हिमपात र वर्षा, ३ दिनमा ६१ जनाको मृत्यु

काठमाण्डौँ । अफगानिस्तानको विपद् व्यवस्थापन एजेन्सीले तीन दिनमा देशका धेरै भागमा भारी हिमपात र वर्षाका कारण कम्तीमा ६१ जनाको मृत्यु भएको शनिबार जनाएको छ । हिमपात र हिमपहिरोका कारण १०० भन्दा बढी व्यक्ति घाइते भएको र ४०० भन्दा बढी घर ध्वस्त भएका छन्...

होर्मुज स्ट्रेटमा इरानले नयाँ प्रणाली लागू गर्ने, कुवेत र यूएईलाई कडा चेतावनी

काठमाण्डौँ । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले आफ्नो देशले चाँडै नै रणनीतिक महत्त्वको होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्न लागेको घोषणा गरेका छन् । शनिबार सञ्चारमाध्यमहरूसँ...

इस्लामावादमा अमेरिका-इरान वार्ता : स्थायी युद्धविरामका लागि उच्चस्तरीय प्रयास

काठमाण्डौँ । लामो समयदेखि जारी युद्ध र तनावका बीच संयुक्त राज्य अमेरिका र इरानबीच स्थायी युद्धविराम र शान्ति स्थापनाका लागि पाकिस्तानको राजधानी इस्लामावादमा उच्चस्तरीय वार्ता सुरु भएको छ। दुई हप्ताको अस्थायी युद्धविरामपछि दुवै पक्षका प्रतिनिधिहरू...