आइतबार, १४ असार २०८३
नेपाली

१६६ संस्थालाई १६ प्रकारका खनिज उत्खनन गर्न अनुमति

Main News Image

काठमाडौँ । खानी तथा भूगर्भ विभागले विभिन्न १६ प्रकारका खनिजजन्य वस्तुको उत्खननका लागि अनुमति प्रदान गरेको छ । स्वदेशमा रहेका खनिज सम्पदाको अन्वेषणमार्फत खनिजजन्य उद्योगको विकास गर्दै औद्योगिक उत्पादन र आर्थिक वृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले अनुमति दिइएको विभागले जनाएको छ ।

गत आर्थिक वर्षसम्म विभागले टुर्मालिन, टल्क, क्वार्ज, काइनाइट, मार्बल, फलाम, जिंक, क्वार्जजाइट, म्याग्नेसाइट, डोलोमाइट र तामालगायत खनिज उत्खननका लागि अनुमति दिएको छ । खानी प्रस्तावको अध्ययन गरी आवश्यक प्रक्रिया पूरा गरेका निजी तथा स्वदेशमा दर्ता भएका विभिन्न अन्तर्राष्ट्रिय कम्पनीसमेत गरी १६६ संस्थालाई इजाजत प्रदान गरिएको सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।

विभागले खानी अनुमति प्रदान गर्दा वातावरणीय प्रभाव न्यून रहने, उत्पादनअनुसार राजस्व संकलन हुने तथा स्थानीय समुदायलाई लाभ पुग्ने गरी सर्तहरू निर्धारण गर्ने गरेको जनाएको छ ।


mediabaaji add

सम्बन्धित खबर

स्वास्थ्य बीमा नवीकरणमा अतिरिक्त शुल्क लिने व्यवस्था स्थगित

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा गरेर नवीकरण नगरेका बीमित परिवारलाई अतिरिक्त शुल्क लिने व्यवस्था तत्कालका लागि स्थगित गरेको जनाएको छ । बीमा बोर्डको पछिल्लो निर्णय अनुसार अर्को सूचना नआएसम्मका लागि यसअघि...

यस साता सामान्य अंकले बढ्यो नेप्से, कुन दिनको कारोबार कति ?

काठमाडौँ । यस साता नेप्से परिसूचक ०.८९ अंकले बढेर २६४१.४३ विन्दुमा आईपुगेको छ । गत साता २६४०.५४ विन्दुमा बन्द भएको नेप्से यो साता ०.८९ अंक बढेर २६४१.४३ विन्दुमा पुगेको हो । यस साता तीन कारोबार दिन मात्र बजार खुलेको थियो । जसमा दुई कारोबार दिन नेप्...

डलरको बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा, खाडी मुलुकका मुद्राको भाउ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५२ पैसा कायम भएको छ ।

नेप्सेमा ३९.९२ अंकको वृद्धि, ६ अर्ब २८ करोडको कारोबार

काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.९२ अंकले बढेर २६००.२२ को विन्दुमा कायम भएको छ ।  आज दिनभरिमा ३३४ कम्पनीको १ करोड ३३ लाख ८१ हजार ९२६ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब २८ करोड माथिको सेयर कारोबार...

जनउत्थान लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने

काठमाडौँ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।

यही पुस २६ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वी...

शुक्रबार कस्तो छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन...