शनिबार, ०२ साउन २०८३
नेपाली

प्रहरी ‘अप्रेसन’ चलाउन देशभर परिपत्र, काठमाडौँमा मात्रै १५० जना पक्राउ

Main News Image

काठमाण्डौँ । सार्वजनिक सेवा प्रवाह समस्या हुने गरी विभिन्न क्रियाकलाप गर्ने विरुद्ध ‘अप्रेसन’ चलाउन प्रहरीले परित्रप गरेको छ भने काठमाडौँ मात्रै पछिल्लो २४ घण्टामा १५० जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार, बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न क्षेत्रमा गुण्डागर्दी एवं यात्रुलाई दुःख दिने व्यक्तिलाई विशेष अप्रेसनमार्फत पक्राउ गर्न थालिएको हो । 

यो अप्रेसनअन्तर्गत पछिल्लो एक सातामा १८९ जना पक्राउ परेको भट्टराईले जानकारी दिए। ‘मुख्यगरी सार्वजनिक सेवा प्रवाहका नाममा दुःख, हैरानी दिने, सार्वजनिक स्थल बसपार्क, विमानस्थल, यातायात कार्यालयमा बिचौलिया प्रकृतिका गतिविधि गर्ने तथा विभिन्न ठाउँमा गुण्डागर्दी गर्नेहरूमाथि अपरेसन चलाएका हौँ,’ उनले भने, ‘यो अभियान जारी छ ।’

काठमाडौँका रात्रिकालीन व्यवसाय हुने क्षेत्रमा निगरानी भइरहेको र त्यस क्रममा नितान्त गुण्डागर्दीमा संलग्न १६ जनालाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका सबै जनामाथि अनुसन्धान भइरहेको र उनीहरूको संलग्नताका आधारमा कानुनी कारबाही गरिने अघि बढाइने उनको भनाइ छ । 

mediabaaji add

सम्बन्धित खबर

वैदेशिक रोजगारीमा कडाइ, सेवा शुल्क अब अनिवार्य बैंकिङमार्फत मात्रै

काठमाडौँ । वैदेशिक रोजगार विभाग ले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकलाई सेवा शुल्क अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत भुक्तान गर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत रहेको विभागले ठगी नियन्त्रण, आर्थिक कारोबारम...

निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ व...

खाद्यान्नमा मिसावट गर्ने १९ व्यवसायीविरुद्ध मुद्दा दायर

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावटका अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट गरिएको अनुगमन तथा सङ्कलित...

सुरक्षाखबरको मञ्चमा कर्तव्यनिष्ठ सुरक्षाकर्मी र समाजसेवीको सम्मान

काठमाण्डौँ । शान्ति–सुरक्षा र उत्तरदायी पत्रकारिताबीच पुलको काम गर्दै आएको सुरक्षाखबर डटकमले आफ्नो यात्राको पहिलो वर्ष पूरा गरेको छ । पहिलो वार्षिकोत्सवका अवसरमा संस्थाले सुरक्षा क्षेत्रमा जोखिम मोलेर सेवा गरिरहेका सुरक्षाकर्मी तथा समाजका विभ...

चारित्रिक प्रमाणपत्रमै कानुन उल्लंघनको विवरण उल्लेख हुने

काठमाडौँ । अबदेखि कानुन विपरीत गरिएका काम–कारबाहीहरू नेपाल प्रहरीबाट जारी हुने चारित्रिक प्रमाणपत्रमै अनिवार्य रूपमा उल्लेख गरिने गृह मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार यस्तो विवरण समावेश हुँदा वैदेशिक अध्ययन, रोजगारी, आप्रवासन तथा व...

पैदलयात्री बृद्धालाई मुक्का हान्ने बम ७ दिनसम्म हिरासतमै

काठमाडौँ । पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालकलाई सात दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ । मुक्का प्रहारको भिडियो भाइरल भएपछि मंगलबार पक्राउ परेका ४२ वर्षीय पारस बमलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय क...