शनिबार, ०२ साउन २०८३
नेपाली

रौतहटमा दुई समूहबीच झडप हुँदा १५ जना घाइते

Main News Image

काठमाण्डौँ । रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा कम्तिमा १५ जना घाइते भएका छन् । स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो । बिहीबार राति नै एक चरण झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएर दुवै समूहलाई तितर बितर पारे पनि शुक्रबार बिहानैबाट फेरि झडप सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए ।  

बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सबगढामा आएको जन्तिले बाजा बजाएको विषयमा विवाद सुरु भएको थियो । राति दुवै समूहले ढुंगा हानाहान गरेका थिए । बिहान पनि त्यही विषयमा दुवै तर्फका भेला भएर विवाद गरेका थिए । दुई समुदायको झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४० सेलभन्दा बढि अश्रुग्यास प्रहार गरेको डीएसपी बस्यालले जानकारी दिए ।


mediabaaji add

सम्बन्धित खबर

चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाण्डौँ । आउँदो प्रतिनिधि सभाको निर्वाचनमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । घाइते सुरक्षाकर्मीको उपचार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन् । बुधबार...

पेस्तोलसहित ललितपुरबाट तीन जना पक्राउ

ललितपुर । पेस्तोलसहित ललितपुरबाट प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्यूरोले ललितपुरबाट तीन जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेका दोलखाको भीमेश्वर नगरपालिका–९ घर भई ललितपुर बस्ने २२ वर्षीय सुमन...

ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन

काठमाडौँ । पछिल्लो २४ घण्टामा दुई हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुस...

सासुलाई कुटपिट गरी गहना लुटेको आरोपमा बुहारी पक्राउ

काठमाण्डौँ । सासुमाथि कुटपिट गरी गहना लुटेको आरोपमा प्रहरीले एक बुहारीलाई पक्राउ गरेको छ । यो घटना गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ४ ताक्लुङ बाझोजराको हो ।

८५ वर्षीया सासु दिलमाया रानामाथि कुटपिट गरी दुवै कानको लोतीसमेत चुडाएर सुनको रि...

पासपोर्ट छपाइ भ्रष्टाचारमा महानिर्देशक अर्याल पक्राउ

काठमाडौँ । पासपोर्ट खरिदसम्बन्धी अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो । राहदानी छपाइ अनियमितताको अनुसन्धानका लागि अख्तियारले अर्याललाई पक्राउ गरेक...

निर्वाचन स्वच्छ र भयरहित अनिवार्य सर्त, सुरक्षाकर्मीको मनोबल उच्च

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले लोकतन्त्रको स्थायित्वका लागि स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ व...