सोमबार, २२ भदौ २०८३
नेपाली

सोफा हब काठमाडौँबाट सोफा किन्ने १० जनाले पाए थाइल्याण्ड भ्रमणको अवसर

Main News Image

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो सोफा तथा फर्निचर कम्पनी सोफा हब काठमाडौँले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा गरेको छ।

 

 

समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजनाको मंगलबार नतिजा सार्वजनिक गरेको छ ।

 

 ‘लक्की ड्र’को नतिजा अनुसार विजेता हुनेहरूमा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधव प्रसाद दुलाल रहेका छन् ।

 

 

 

उक्त अवसरमा कम्पनीका अध्यक्ष तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै उनले आगामी दिनहरूमा सोफा हब काठमाडौँले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

 

 

स्थापना कालदेखि नै गुणस्तरीय सामग्री, दीर्घकालीन टिकाउपन, आधुनिक डिजाइन र उत्कृष्ट ग्राहक सेवाका कारण सोफा हब काठमाडौँ उपभोक्तामाझ नेपालकै विश्वासिलो ब्रान्ड बनेको छ।

 

देशभर हजारौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर डिजाइन र मर्मतसम्म उच्चतम मापदण्ड पालना गर्दै आएको जनाएको छ। नेपालभर कम्पनीको १० वटा शाखा सञ्चालनमा रहेका छन्।

mediabaaji add

सम्बन्धित खबर

नेप्सेमा १०.२५ अंकको गिरावट, ८ अर्ब ६१ करोडमा झर्‍यो कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक  १०.२५ अंकले घटेर २६६२.१४ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा ३२४ कम्पनीको २ करोड १७ लाख १५ हजार ८६८ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड ६४ लाखको सेयर कारोबार भएको छ । आज ७४ कम्पनीको स...

सुनको मूल्य बढ्यो, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा दुई लाख ८५ हजार ६०० रुपैयाँ कारोबार भइरहेको छ । १० ग्राम सुनको मूल्य आज दुई लाख ४४ हजार ८५५ रुपै...

बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४...

अब नागरिकको तत्कालै मौखिक आदेशमा बैंक खाता रोक्का हुने

काठमाडौँ । अब नागरिकले बैैंक तथा वित्तिय अपराध भएमा तत्कालै मौखिक आदेश दिएमा खाता रोक्का हुने व्यवस्था लागू हुने भएको छ । जसको लागि राष्ट्र बैंकले २४ औं घण्टा सेवा प्रवाह गर्न बैंकहरुलाई आग्रह गरेका हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थ...

पेट्रोलियम पदार्थको मूल्य घट्यो !

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुस...

विदेशी मुद्राको विनिमयदर : कुन देशको रुपैयाँ कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले आजका लागि निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा पुगेको छ ।

यस्तै युर...