शनिबार, ०२ साउन २०८३
नेपाली

बाजुराको अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी

Main News Image

बाजुरा । बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट एक करोड बढी आम्दानी भएको छ। यहाँका स्याउ कृषकले स्याउ बिक्री गरेर एक करोड ५० लाख बराबरको आम्दानी गरेका हुन् । बाजुराको स्वामिकार्तिक, हिमाली, जगन्नाथ र बुढिनन्दामा उतपादित स्याउ बिक्रिबाट सो रकम आन्दानी गरिएको हो। अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठूला सहर काठमाडौं, नेपालगन्ज, सुर्खेत, धनगढीमा भेटाउन सकिन्छ ।

बाजुराका किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेको ठूलो परिणामको स्याउ बाह्य जिल्लामा निर्यात गर्ने गरेका छन्। कृषि ज्ञान केन्द्र बाजुराको ढुवानीमा उनीहरूले स्याउ बिक्री गर्ने गरेका छन्। अघिल्लो बर्षको तुलनामा भन्दा यो स्याउ उत्पादनमा भने कमी आएको हो।

बाजुरामा भदौ १५ गतेदेखि स्याउ पाक्न सुरु भएको थियो। कतिपय किसानले डोकोमा बोकेर स्याउ बिक्री गरे पनि ठूलो परिणामको स्याउ बजारिकरणबाट एक करोड बढी आम्दानी भएको हो। अन्य सानोतिनो संख्यामा बिक्री भएको स्याउको विवरण र आम्दानी नराखिएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ।

बाटो बन्दका कारण स्याउ ढुवानीमा केही समस्या भएको थियो। सडकले बन्दले समयमै सोचेजस्तो स्याउ बजारिकरण गर्न नसक्दा केही मात्रामा घाटा व्यहोर्नु परेको बुढिनन्दाका स्याउ कृषक पुर रावतले बताए। तर, पनि पाकेको स्याउ कर्णाली करिडोर हुँदै अन्य जिल्ला निर्यात गरिएकोले किसानहरूलाई आम्दानी गर्न सहज भएको उनले बताए।

mediabaaji add

सम्बन्धित खबर

डलरको मूल्यमा नयाँ रेकर्ड, अन्य विदेशी मुद्राको भाउ पनि बढ्यो


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३१ पैसा काय...

बागलुङमा यस वर्ष २६ करोड ९० लाख बराबरको सुन्तला बिक्री

ढोरपाटन । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण बढेसँगै उत्पादन बढेको हो । गतवर्षको तुलनामा यस वर्ष रु ४४ लाख बढीको सुन्तला उत्पादन भएको छ । यस वर्ष औसा किराको समस्या नहुँदा उत्पादन वृद्धि भ...

अण्डा र मकैमा उच्च वार्षिक वृद्धिदर

काठमाडौँ । कृषि उत्पादनको सूचकाङ्कमा वृद्धि भएको देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको त्रैमासिक कृषि उत्पादक मूल्य सूचकाङ्क अनुसार, आर्थिक वर्ष आव २०८२,८३ को पहिलो त्रैमासिकमा समग्र कृषि उत्पादन मूल्य सूचकाङ्क १९३.७२ पुगेको छ...

साहस ऊर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले शतप्रतिशत हकप्रद निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए आवेदन

काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । साहस ऊर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद सेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । 

साहस ऊर्ज...

शुक्रबार कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा तोकिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१...

दाङमा युवा किसानको स्ट्रबेरी खेती फस्टाउँदै, लाखौँको कारोबार

काठमाडौँ । कृषि प्रविधि र व्यावसायिक सोचका कारण दाङको घोराही क्षेत्रमा स्ट्रबेरी खेती फस्टाउन थालेको छ । कैलालीका २७ वर्षीय दशरथ साउदले घोराही–१५ मा दुई बिघा जग्गामा गरेको स्ट्रबेरी खेतीबाट लाखौँको कारोबार गर्दै आएका...