शुक्रबार, २२ साउन २०८३
नेपाली

राजनीति

Main News Image

उम्मेदवार र मतदाता भेट्न बिहानै मोरङ पुगे बालेन

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार तथा मतदातासँग भेटघाटका लागि बुधबार बिहान मोरङ पुगेका छन् । बिहानै मोरङ पुगेका शाहले मोरङ १ का रास्वपा उम्मेदवार अधिबक्ता यग्यमानी न्योपानेसहितसँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ । 

बालेन आज झापाबाट तेस्रो चरणको जिल्ला दौडाहामा निस्कएका हुन् । पहिलो चरणमा बिर्तामोड हुँदै इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र धनकुटा पुगेर काठमाडौँ फर्किएका बालेन त्यसपछि सुदूरपश्चिमको यात्रामा निस्केका थिए । काठमाडौँबाट सोमबार झापा फर्किएका बालेन मङ्गलबार दिनभर आफ्नो क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्त भए ।  बुधबार बिहान भने उनले मोरङको उर्लाबारीबाट फरक जिल्लाको यात्रा तय गरेका उनको सचिवालयले जनाएको छ। आज उनले मोरङका विभिन्न पालिकासँगै सुनसरी र उदयपुर जिल्लामा कार्यकर्ता भेटघाट कार्यक्रम राखेका छन् । 


बालेनले मात्रै प्रयोग गर्दै आएको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

काठमाडौँ । काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेनले मात्रै प्रयोग गर्ने गरेको लिफ्ट सर्वसाधारणका लागि  खुला गरिएको छ । आइत...

जुम्लाका ६५ प्रतिशत मतदानस्थल अति संवेदनशील

काठमाण्डौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जुम्लाका जुम्लाका ६५ प्रतिशत मतदानस्थल अति संवेदनशील रहेको छ । यहाँ रहेका ८...

झापाका स्थानीय समस्याबारे जनप्रतिनिधिसँग बालेनको छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाका वरिष्ठ नेता बालेन शाह झापामा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै छन् । उनले कमल गाउँपालिकाका वडा सभापत...

देश विकासको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासको नेतृत्व लिन तयार रहेको बताएका छन् । पौडेलले भने, ‘नेपाली कांग्...

निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन

काठमाडौँ । सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन ग...

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाका बैठकले विभिन्न तीन अध्यादेशलाई स्वीकृत गरेको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न...