शुक्रबार, २२ साउन २०८३
नेपाली

राजनीति

Main News Image

कांग्रेसले देशलाई नयाँ उचाइमा पुर्‍याउने क्षमता राख्छ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन नजिकिँदै गर्दा मतदाताले गम्भीर भएर निर्णय लिनुपर्ने बताएका छन् । दाङको घोराहीमा आयोजित जिल्लास्तरीय भेलामा बोल्दै उनले भने, ०६४ मा झैँ गल्ती गर्ने कि ०७० मा झैँ विवेक पुर्‍याउने ? मूल प्रश्न कुन दलले जित्ने होइन, विषम परिस्थितिबाट देशलाई नवीन निकासमा कसले पुर्‍याउन सक्छ भन्ने हो।

उनले संविधानसभाको दोस्रो निर्वाचनमा कांग्रेस पहिलो दल बनेको बेला दुई वर्षभित्रै देशले संविधान पाएको स्मरण गराउँदै भने, ०६४ को चुनावमा कांग्रेस दोस्रो दल बन्यो, चार वर्ष खेर गयो तर देशले नयाँ संविधान पाएन । संविधानसभाको दोस्रो निर्वाचन ०७० बाट कांग्रेस पहिलो दल बन्यो, दुई वर्षभित्रै देशले संविधान पायो।

शर्माले कांग्रेसले प्रत्येक ऐतिहासिक मोडमा भिन्न शक्ति, दल र समुदायलाई समन्वय गरेर देशलाई निकास दिने क्षमता देखाएको उल्लेख गर्दै अब नयाँ पुस्तासँगको समन्वयमार्फत देशलाई विश्वासको नयाँ चरणमा पुर्‍याउने क्षमता पार्टीसँग रहेको दाबी गरे ।


निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र सबै सरोकारवालासँग समन्वय गरी आसन्न निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न निर्देश...

रास्वपा नेता भट्टराई पक्राउ

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कपिलवस्तु जिल्ला संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ परेका छन् । प्रहरी अनुसन्धानमा रहेको बैंक कारोबारका...

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ५१ लाई आयोगले सोध्यो स्पष्टीकरण, ३० वटाको मात्...

काठमाडौँ । केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ५१ उजुरी प्राप्त भई सम्बन्धित राजनीतिक दल तथा उम्मेदवारलाई स्पष्टीकरण सोधिएकोमा ३० व...

मधेश सवैभन्दा संवेदनशील, सुरक्षाका लागि ‘विशेष निगरानी मोडल’

काठमाडौँ । फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा मधेस प्रदेशमा सुरक्षा संयन्त्र सक्रिय बनाइएको छ । निर्वाचनलाई लक्षित गर्दै प्रदेशका आठै...

चलचित्र विधेयक राष्ट्रियसभामा पेस हुँदै

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभ...

‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने

काठमाडौँ । आउँदो फागुन २१ को चुनावका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ आजदेखि फिल्डमा खटिने भएका छन् । भर्ना तथा छनोटपछि १० दिने तालिम पूरा गरेका...