राजनीति
रौतहट घटना बारेमा रास्वपाले भन्यो : छानबिनमा प्रशासनलाई सघाउँछौं
काठमाडौँ । चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज जारी गरेको विज्ञप्तिमा पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै आवश्यक राहत र सहयोगका लागि पार्टीले पहल गरिरहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, यस घटनालाई पार्टीले अत्यन्त गम्भीरताका साथ लिएको छ। पीडित परिवारप्रति हाम्रो गहिरो समवेदना छ र घटनाको निष्पक्ष तथा वस्तुनिष्ठ छानबिनका लागि सम्बन्धित प्रशासनलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ
रास्वपाले कानुनी प्रक्रिया र पीडित परिवारलाई न्याय दिलाउने विषयमा कुनै पनि कसर बाँकी नराखिने स्पष्ट पारेको छ। साथै, चुनावी अभियानमा प्रयोग हुने सवारीसाधनको सञ्चालनमा उच्च सतर्कता अपनाउन र सुरक्षा संवेदनशीलतालाई प्राथमिकतामा राख्न सबै उम्मेदवार, पार्टी सदस्य र चालकलाई कडाइका साथ निर्देशनसमेत जारी गरिएको जनाएको छ।
ताजा समाचार
आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ : गगन थापा
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छ...
निर्वाचनमा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको...
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारका क्रममा भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न र नगराउन उम्मेदवारहरुलाई विज्ञापन बोर्डले आग्रह गरे...
निर्वाचन सुरक्षाका लागि एआइजी परिचालन
काठमाडौँ । निर्वाचन सुरक्षालाई व्यवस्थित सुरक्षित बनाउन नेपाल प्रहरीले प्रदेशमा एआइजीहलाई अनुगमनका लागि खटाएको छ । निर्वाचन सुरक्षाको संवेदनशीलताला...
निर्वाचन आउन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो,प्याकिङको काम धमाधम
काठमाडौँ । निर्वाचन आयोगले विभिन्न २५ जिल्लाको प्रत्यक्षतर्फको मतपत्रको छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको जनाएको छ । आयोगले उपलब्ध गराएको विवरणअनुसा...
उज्यालो नेपाल पार्टीले देशको नेतृत्व गर्ने कुलमानको दाबी
जनकपुर । पूर्वमन्त्री एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने द...
रास्वपाबाट उम्मेदवार सिफारिस कुँवरले त्यागे पार्टी
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा रुपन्देहीका एक नेताले पार्टी परित्याग गरेका छन् । रास्वपाबाट रुपन्देही–१ मा प्रतिनिधिसभा सदस्य निर्वाचनम...


