शनिबार, ०२ जेठ २०८३
नेपाली

राजनीति

Main News Image

रास्वपाका २ जना सांसदले तोडे रवि लामिछानेको रेकर्ड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ मा भएको उपनिर्वाचनमा बनाएको रेकर्ड रास्वपाकै २ नवनिर्वाचित सांसदले यसपटकको प्रतिनिछि सभा निर्वाचनमा तोडेका छन् । लामिछानेले उपनिर्वाचनमा सबैभन्दा धेरै अन्तरले जितेर नयाँ रेकर्ड बनाएका थिए । उनले ४२ हजार ९६२ मत अन्तरले नितेका थिए । लामिछानेले २०६४ मा बाबुराम भट्टराईले बनाएको ४० हजार १०१ मत अन्तरको रेकर्ड तोडेका थिए ।

यसपटक रास्वपाका डा लेखजंग थापा र सुलभ खरेलले लामिछानेको रेकर्ड तोडेका छन् । संयोगले दुवैले एउटै जिल्ला रूपन्देहीबाट जित्दै नयाँ रेकर्ड बनाए । सुलभ खरेलले रूपन्देही २ मा एमाले उपाध्यक्ष विष्णु पौडेललाई ४३ हजार ६८९ मत अन्तरले हराए । डा लेखजंग थापाले कांग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले हराए । यससँगै अब सबैभन्दा ठूलो अन्तरले जित्ने रेकर्ड डा। लेखजंग थापाको नाममा गएको छ ।


देशभर रास्वपा ३५ सिटमा विजयी, ६ सिट जितेको कांग्रेस दोस्रो स्थानमा

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले देशभर उल्लेखनीय अग्रता ल...

पृथ्वीसुब्बालाई हराउँदै लमजुङमा रास्वपाका धर्मराज केसी विजयी

लमजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत लमजुङमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका धर्मराज केसी विजयी भएका छन् । मुख्य निर्वाचन कार्यालय लमजु...

लेखजङ्ग थापाको ५० हजार भन्दा बढी मतान्तरको रेकर्ड

काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार डा लेखजङ्ग थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएक...

गोरखा १ मा मतगणनामा ढिलाइ

गोरखा । प्रतिकूल मौसमका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा गोरखा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना अझै सुरु हुन सकेको छैन । उत्तरी गोरखाका दुर्गम क...

हार निश्चित भएपछि महेश बस्नेतले भने ‘सदन बाहिरबाटै आवाज उठाउँछु’

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले आफ्नो हार निश्चित भएपछि जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माण...

एमाले महासचिवले दिए बालेन शाहलाई शुभकामना

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले परिवर्तनका लहरसामु आफूहरू सफल हुन नसकेको बताएका छन् । दाङ निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसमेत...