राजनीति
राष्ट्रपतिसमक्ष सरकारलाई फिर्ता बोलाउनेसहित ५ बुँदे माग
काठमाडौँ । विभिन्न नाममा सङ्गठित २३ जेनजी समूहले बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा सरकार जेनजी आन्दोलनको जगमा बनेको भए पनि केवल चुनावमा मात्र केन्द्रित गर्नु स्वीकार्य नहुने उल्लेख छ । उनीहरूले सरकारलाई दिशाहीन र आन्दोलनका मूल भावना बेवास्ता गरेको आरोप लगाएका छन् । यो विद्रोह केवल अर्ली इलेक्सनका लागि मात्र थिएन । आन्दोलनमा सहभागी जेनजी, घाइते र शहीद परिवारका माग तत्काल सम्बोधन गर्नुपर्छ, ज्ञापन पत्रमा भनिएको छ ।
माग सम्बोधन हुन नसकेमा सरकारलाई फिर्ता बोलाएर जेनजी समूहको नेतृत्वमा नयाँ सरकार गठनका लागि राष्ट्रपतिले पहल गर्नुपर्ने मागसमेत उनीहरूले राखेका छन् । माग पूरा नभए शान्तिपूर्ण आन्दोलन र दबाब कार्यक्रम पुनः सुरु गर्ने चेतावनी पनि ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन बुझाउने संगठनमा जेनजी नेशनल फ्रन्ट लाइनर, जेनजीसी स्पार्क, एन टेक जेनजी, ऋणी एसोसिएसन नेपाल, जेनजी वाई युनाइटेड, रियल जेनजीलगायत २३ समूह सामेल थिए।
मुलुकका ठूला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही, जेनजी आन्दोलनमा ‘नरसंहार’ गर्ने जिम्मेवारहरूलाई कानुनी कारबाही, घाइतेको उपचार सुनिश्चितता तथा शहीद परिवारका लागि क्षतिपूर्ति र दीर्घकालीन भरण पोषणको व्यवस्था गर्न पनि माग गरिएको छ ।
ताजा समाचार
सिमराको तनावपछि प्रचण्डको अपिल : हिंसा रोकौँ, संयमता अपनाऔँ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बढ्दो तनाव नियन्त्र...
निर्वाचन माहोल नबिग्रियोस् : गृह मन्त्रालयको सबै पक्षलाई आग्रह
काठमाडौँ । गृह मन्त्रालयले बाराको सिमरामा आज भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक प्रेस विज्ञप्...
मिराज ढुंगानाको कार्यालयमा आक्रमण, महिलामाथि हातपात
काठमाडौँ । जेनजी अगुवा मिराज ढुंगानाको कार्यालयमा आक्रमण भएको छ ।
ढुंगानाले सामाज...
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि स्थगित
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि पनि स्थगित भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आजका ला...
विवादको भूमरीमा कांग्रेस, आज केन्द्रीय समिति बैठक बस्दै
काठमाडौँ । आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ। बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा...
जेनजी आन्दोलनपछि पहिलो पटक च्यासलमा बस्दै एमाले सचिवालय बैठक
काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्...


