आइतबार, ०३ जेठ २०८३
नेपाली

राजनीति

Main News Image

काठमाडौं महानगरपालिकामा रिक्त २७ प्रहरी सहायक निरीक्षक दरबन्दी व्यवस्थित गर्न जोड

काठमाडौँ । काठमाडौं महानगरपालिकाको ४४औँ नगर कार्यपालिकाको बैठकमा समसामयिक विषयमा छलफल भएको छ । सो क्रममा वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले हाल रिक्त रहेका २७ जना प्रहरी सहायक निरीक्षक दरबन्दीलाई मध्यनजर गर्दै खुल्ला तथा आन्तरिक प्रतिस्पर्धामार्फत कानूनी रूपमा निर्णय हुनुपर्ने प्रस्ताव पेश गरेका छन् ।

‘रिक्त २७ जना असही अर्थात प्रहरी सहायक निरीक्षक दरबन्दीमा हेरेर खुल्ला र आन्तरिकबाट के गर्न सकिन्छ कानूनी हिसाबले मात्र हेरेर गर्न सकिने अवस्था छ । कानूनबाट दिन नसकिने व्यवस्था नभएकोले त्यही अनुसार प्रस्तुत पेश गर्न चाहन्छु,’ उनले भने । उनले कानूनले नदिएको अधिकारका आधारमा पदपूर्ति गर्न नसकिने भएकाले सोहीअनुसार प्रस्ताव पेश गरिएको जानकारी दिए । प्रस्तावमा उल्लेख गरिएअनुसार, सम्बन्धित हवलदारहरू २०७४ सालमा जवान खुल्ला पदबाट नियुक्ति भएका हुन् ।

हामी निर्वाचन कुरेर बसेका छौँ, सरकारको गतिविधिले आशंका जन्माएको छ : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको गतिविधि हेर्दा तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका जन्मिएको बताएका छन् । आफ्नो निर्वाचन...

रास्वपाबाट समानुपातिक उम्मेदवार हुन ३२५ जनाको आवेदन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट प्रतिनिधि सभाको समानुपातिक तर्फको उम्मेदवार हुनका लागि मंसिर मसान्तसम्म ३२५ जनाको आवेदन परेको छ ।...

जीतपछि ओलीको गर्जन, नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनबाट पुन अध्यक्ष जीतेपछि केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् । बि...

रास्वपाद्वारा समानुपातिक उम्मेदवारका लागि आवेदकको नाम सार्वजनिक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छा व्यक्त गर्दै आवेदन दिएकाहरुको नामावली सार्वजनिक गरेको छ । रास्वप...

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौँ । सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्...

एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको...