मङ्गलबार, ३० असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

म्याग्दी, पर्वत र कास्कीको संगमस्थल जलजला क्षेत्रमा ताल बनाउन सम्भाव्यता अध्ययन

म्याग्दी । म्याग्दी, पर्वत र कास्की जिल्लाको सिमानामा रहेको प्राकृतिक एवम् धार्मिक पर्यटकीयस्थल कालाञ्जर हम्पालको जलजला क्षेत्रमा ताल निर्माण गर्न सम्भाव्यता अध्ययन थालिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका, पर्वतको जलजला गाउँपालिका, मोदी गाउँपालिका र कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकासम्म फैलिएको जलजला क्षेत्रमा पर्यटकलाई आकर्षित ताल निर्माणका लागि अध्ययन थालिएको हो ।

जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले तीन हजार दुई सय मिटर उचाइमा रहेको खुला घाँसे मैदान र पहाडी भू–आकृतिले भरिपूर्ण उक्त क्षेत्रलाई दीर्घकालीन रुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न अध्ययन सुरु गरिएको जानकारी दिए ।

चालु आर्थिक वर्षमा सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय पोखराबाट सम्भाव्यताको अध्ययन र विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० तयार पार्न रु ४० लाख बजेट विनियोजन भएको छ । सम्भाव्यताको अध्ययन गर्नका लागि कार्यालयका प्रमुख विदुरमान श्रेष्ठको नेतृत्वमा जलजला गाउँपालिकाका उपाध्यक्ष आचार्यसहितका जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि र कर्मचारी सहितको टोलीले ताल निर्माणस्थलको गत हप्ता स्थलगत निरीक्षण गरेको छ ।

टोलीले प्रस्तावित ताल निर्माणस्थलको भौगोलिकस्वरूप, सम्भाव्यता, वातावरणीय असर, जलस्रोत उपलब्धता तथा दीर्घकालीन प्रभावको प्रत्यक्ष अवलोकन गरेको उपाध्यक्ष आचार्यले बताए ।

आगलागीबाट दैनिक क्षति, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ६ मङ्सिरमा देशभर १८ विपद्का घटना भए । त्य...

सरकारले जागिर लगाइदिने आशामा सहिद पत्नी मञ्जु

सुनसरी । जेनजी पुस्ताको आन्दोलनमा मृत्यु भएर सहिद भएको इटहरी–१४ का मोहन सरदार घर बनाउने मिस्त्रीको काम गर्थे । ग...

धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

सर्लाही । धनुषामा कारको ठक्करबाट श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान मिथ...

क्षतिग्रस्त बिपी राजमार्गमा स्थायी पुनःनिर्माण सुरु

काभ्रेपलाञ्चोक । पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथ...

सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

काठमाडौँ । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ । अ...

एकैदिन देशभर १८ विपद्का घटना, सावधानी अपनाउन अपिल

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो शनिबार देशभर १८ विपद्का घटना घटेको जनाएको छ...