समाज/संस्कृति
नागढुंगा-मलेखु सडक आजबाट खुला, काम जारी
काठमाडौँ । नागढुंगा– मलेखु सडक खण्ड आजबाट केही दिन खुला रहने भएको छ । नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको र धादिङको गल्छी–गजुरी खण्डमा पर्ने अप्ठ्यारो पहाड कटिङको काम भने बाँकी रहेको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । मंसिर २४ देखि पुस १ गतेसम्म दैनिक ५ घण्टा सडक बन्द गरेर सडक सुधारको काम गरिएको थियो ।
उक्त सडकको काठमाडौं जिल्ला भित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई सडक विभागले उच्च प्राथमिकतामा राखेर दोस्रो तहको कालोपत्रको काम गरेको हो । अहिले धादिङको गल्छी–गजुरी खण्डको साँघुरो र जोखिमपूर्ण रहेको पोखरेभिर क्षेत्रमा सडक चौडा गर्नुपर्ने भन्दै नागढुंगादेखि पिप्लामोडसम्म र पोखरेभीर क्षेत्रमा मसिर २४ देखि पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ बजेसम्म सडकमा यातायात आवागमन बन्द हुँदै आएको थियो ।
सडक बन्द गर्दा एमाले महाधिवेशनलाई असर परेको गुनासो आएपछि २६ र २७ गते खोल्ने निर्णय गरिएको थियो । एमाले निकट युवा संघको टोलीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेर केही सडक बन्द नगरिदिन आग्रह गरेका थिए । त्यसपछि दुई दिन दिउँसो कालोपत्रको काम रोकेर सडक खोलिएको थियो ।
ताजा समाचार
उपत्यकामा पुष ७ गते शैक्षिक हड्ताल घोषणा, १२ बुँदे माग अघि सार्दै जनपक्षीय विद्य...
काठमाडौँ । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शिक्षा, न्याय र स्वतन्त्रताका सवालमा सरकार गम्भीर नभएको आरोप लगाउँदै पु...
विसं ०८३ को पञ्चाङ्ग पनि ०८२ सालकै पद्धतिमा प्रकाशन हुने
काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आगामी विसं २०८३ को पञ्चाङ्ग २०८२ सालकै पद्धति र ढाँचा अनुरूप तयार गर्...
बकैयामा ट्याक्टर दुर्घटना : दुई मजदुरको मृत्यु, १९ जना घाइते
हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७ अन्तर्गत पर्ने फास्टट्र्याकमा मंगलबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई...
रूद्रकली र खगेन्द्रप्रसादलाई सौराहाबाट बिदाइ !
चितवन । नेपाल सरकारले कतारलाई उपहार दिन लागेका दुई वटा हात्तीको चितवनस्थित सौराहामा सोमबार एक कार्यक्रमका साथ विदाई गर...
स्टाफ कलेजको कडा परीक्षा: ८९ डीएसपीमध्ये १६ मात्रै पास, एसएसपी बढुवाको ढोका साँघ...
काठमाडौँ । नेपाल प्रहरीमा उपल्लो तहमा बढुवाका लागि अनिवार्य बनाइएको मास्टर्स अफ पुलिस साइन्स (एमपीएस) अन्तर्गतको स्टाफ...
उदयपुरमा जङ्गली हात्तीको उपद्रो, स्थानीयवासी रातभर जाग्राम
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१०, हँडिया क्षेत्रमा जङ्गली हात्तीले गाउँ पसेर उपद्रो मच्चाएको छ । दैनिक...


