मङ्गलबार, ३० असार २०८३
नेपाली

समाज/संस्कृति

Main News Image

निर्वाचन आयोगले न्यायाधीशहरूको नियुक्ति रोकिदियो

काठमाडौँ । न्यायपरिषदले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्नको लागि सहमति दिन निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले परिषदको आग्रह अस्वीकार गरेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू भएको भन्दै न्यायाधीशहरू नियुक्ति नगर्न न्याय परिषद्लाई पत्राचार गरेको हो ।

न्यायपरिषद् सचिवालयले गत साता न्यायाधीश नियुक्तिबारे परिषद्‌मा पत्राचार गरेको थियो । त्यसको जवाफमा आयोगले परिषद्लाई न्यायाधीश नियुक्त नगर्न पत्राचार गरेको हो । केही साता अघिमात्रै लोकसेवाको प्रतिस्पर्धाबाट उत्तीर्ण जिल्ला न्यायाधीशहरू नियुक्त भएका थिए । उनीहरूको भने पदस्थापनाको काम भइरहेको छ । न्यायपरिषद्ले परीक्षा बाहेक ज्येष्ठताका आधारमा पनि न्यायाधीश नियुक्ति गर्न आयोगमा पत्राचार गरेको थियो ।

तर आयोगले ४ माघदेखि नै निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै त्यो अवस्थामा न्यायपरिषद्बाट न्यायाधीश नियुक्ति गर्न नमिल्ने निर्णय गरेको हो ।

फेरि हिमपात भयो मुक्तिनाथ क्षेत्रमा

मुस्ताङ । यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा भारी फेरि हिमपात भएको छ । मुक्तिनाथ क्षेत्रमा यस वर्ष चौथो पटक हिमपात भएक...

किन पढ्ने ? गिरीको पुस्तक "शैव दर्शन, संस्कृति र दशनामी संन्यासी "

सांस्कृतिक अभियान्ता हिमाल गिरीद्वारा लिखित तथा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित शैव दर्शन , संस्कृति र दशनामी संन्यासी " पुस्तक सांस्कृतिक...

नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमन १५.७ प्रतिशतले वृद्धि

काठमाडौँ । सन् २०२६ को जनवरीमा नेपालमा अन्तर्राष्ट्रिय पर्यटक आगमनमा सुधार देखिएको छ । नेपाल भित्रिने अन्तर्राष्ट्रिय आगन्तुकको संख्या ९२ हजार ५७३...

माधव नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा हिनामिनामा साक्षी बुझ्न आदेश

काठमाडौँ । विशेष अदालतले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग सम्बन्धित पतञ्जलि योगपीठ र आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा साक्षी बु...

पत्रकार दिनेश सिटौलाको असामयिक निधन, ४३ वर्षमै रोकियो सक्रिय पत्रकारिताको यात्रा

काठमाडौँ । चलचित्र पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको छ। एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक प्रका...

चुनावी यात्रामा बेहोस भएका बालेनको टोलीका सदस्य दिनेश सिटौलाको अवस्था चिन्ताजनक

काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह बालेनसँगै चुनाव प्रचारमा खटिँदा ‘ब्रेन हे...