समाज/संस्कृति
महाशिवरात्रि तयारी तीव्र : पशुपतिनाथ चम्किँदै
काठमाडौँ । यस वर्षको महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा रङरोगन, सरसफाइ तथा पूर्वाधार सुधारका काम सुरु गरिएको छ । भक्तजनलाई सहज र सुरक्षित दर्शन गराउन विशेष तयारी भइरहेकामा पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
महाशिवरात्रिको तयारीका लागि मूल समारोह समितिअन्तर्गत नौवटा विषयगत उपसमिति गठन गरिएको छ । पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिँदै भने, साधु–सन्त, भक्तजन र दर्शनार्थीको सुविधा सुनिश्चित गर्ने लक्ष्यका साथ व्यवस्थापन, सुरक्षा, स्वास्थ्य, सरसफाइ, यातायात र प्रचार–प्रसारका काम तीव्र रूपमा भइरहेका छन् ।
महाशिवरात्रि पर्वमा ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले भीड व्यवस्थापन, सुरक्षा र आपत्कालीन सेवामा विशेष ध्यान दिइएको छ । तयारीमा सुरक्षाकर्मी, स्वयंसेवक र विभिन्न सङ्घसंस्थासँग समन्वय गर्दै काम अघि बढाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्ष अनिलकुमार सिन्हाको नेतृत्वमा १७१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । समितिको उद्देश्य महाशिवरात्रि पर्वलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्नु हो ।
ताजा समाचार
अस्ट्रेलियामा अनियन्त्रित कार घर भत्काउँदै भित्र पस्यो, सुतिरहेकी नेपालीको मृत्य...
काठमाडौँ । अस्ट्रेलियामा अनियन्त्रित कार घरभित्र पस्दा घरमा सुतिरहेको नेपाली महिलाको ज्यान गएको छ । शुक्रबार राति छोरीको घरमा सुतिरहेकी विष्णुकुमार...
मेघालय कोइलाखानी विस्फोटन घटना : खोटाङको एउटै गाउँका तीनको मृत्यु, एक जना बेपत्त...
खोटाङ । भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटका घटनामा यहाँका तीन युवकले अकालमा ज्यान गुमाएका छन् भने अझै एक जना बेपत्ता भएका छन् । सो घटनामा...
दौरा सुरुवालमा दौडिएर जोशीले लेखाए गिनिज बुकमा नाम
काठमाडौँ । नेपाली मूलका अमेरिकी धावक बाल जोशीले दौरा सुरुवालमा ‘विश्व म्याराथन च्यालेञ्ज’ पुरा गरेर गिनिज बुकमा नाम लेखाएका छन् । जोशीले सात महादेश...
महादेवबेँसीमा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना : एक जनाको मृत्यु
धादिङ । थाक्रे गाउँपालिकास्थित महादेवबेंसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागम...
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई पितृशोक
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी प्रलोपाका संरक्षक डा बाबुराम भट्टराईलाई पितृशोक परेक...
निर्वाचन आयोगले न्यायाधीशहरूको नियुक्ति रोकिदियो
काठमाडौँ । न्यायपरिषदले ज्येष्ठताका आधारमा न्यायाधीश नियुक्त गर्नको लागि सहमति दिन निर्वाचन आयोगलाई पत्राचार गरेकोमा आयोगले परिषदको आग्रह अस्वीकार...


