शिक्षकहरूलाई प्रचण्डको अपील : पटक–पटक धोका भएको छ, आन्दोलन नरोक्नू

  १० घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९।  प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षकहरूलाई आन्दोलन जारी राख्न अपील गरेका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७७औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सरकारले पटक–पटक धोका दिएको भन्दै शिक्षकहरूलाई आन्दोलन नरोक्न अपील गरेका हुन् ।

‘शिक्षक साथीहरूलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन अपील गर्न चाहन्छु । तपाईहरुले पटक–पटक आन्दोलन गर्नु भएको छ । पटक–पटक धोका भएको छ । यस पटक त्यस्तो हुन नदिन हामी सबैको जिम्मेवारी छ,’ उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर