ट्रम्पको धम्कीले सुनकाे भाउ भारी वृद्धि, नेपालमा एकै दिन तोलामा सात हजार बढ्यो

  ९ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९। नेपाली बजारमा सुनको भाउ भारी वृद्धि हुँदै नयाँ कीर्तिमान बनाएको छ । नेपाली बजारमा सुनको भाउ एकै दिन ६ हजार ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च विन्दूमा पुगेको हो।सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । सोमबार तोलामा एक लाख ९१ हजारमा कारोबार भएको सुन आज प्रतिलोला ६ हजार ९ सय रुपैयाँले बढेर एक लाख ९७ हजार ९ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । प्रतिऔंस ३४०० डलर नाघेको छ । मंगलबार कारोबारको प्रारम्भमा थप मूल्य बढेर ३४८० डलर हाराहारीमा पुगेको छ । गत साताको तुलनामा मूल्य करिब ५ प्रतिशत बढेको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर