कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

  ८ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ९।   राष्ट्रिय परीक्षा बोर्डको बैठक आज (मंगलबार) बस्दै छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बैठक बिहान ८ बजेका लागि बोलाइएको छ ।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो । अर्यालले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए । ‘हाम्रो तर्फबाट परीक्षा सञ्चालनको लागि कुनै समस्या छैन, सबै तयारी पूरा भएको छ,’ उनले भने ।

तपाईंको प्रतिक्रिया

थप खबर