शिक्षकहरूकाे आन्दोलन आज पनि जारी

  ७ घण्टा अगाडि

मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ८।  नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षकहरूले आज पनि आन्दोलनलाई जारी राख्ने भएका छन्। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले गत चैत २० गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत आजको प्रदर्शन बिहान ९ बजेबाट माइतीघर मण्डलामा सुरु हुने जनाएका छन् ।

उनले अझै केही दिन आन्दोलनमा जुट्नुको विकल्प नरहेको भन्दै सदा झैँ अनुशासन र मर्यादा कायम राखेर संयमसहित आन्दोलनमा निरन्तर डटिरहन आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर