राजावादीको प्रदर्शन उग्र : शान्तिनगरदेखि जडिबुटीसम्म कर्फ्यु

  चैत १४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १५ ।  राजावादीहरुको प्रदर्शन उग्र बनेपछि स्थानीय प्रशासनले काठमाडौंका तीन स्थानमा कर्फ्यु लगाएको छ। राजावादी कार्यकर्ताले काठमाडौंमा यत्रतत्र आगजनी र तोडफोड गर्न थालेपछि शान्तिनगर पुलदेखि जडिबुटी हुँदै मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सुरक्षाकर्मी माइकिङ गरिरहेका छन् । अर्काे आदेश हुँदासम्म कर्फ्यु जारी रहनेछ । नेकपा एसको आलोकनगरस्थित कार्यालय, कोटेश्वर भाटभटेनी, सिनामंगलस्थित नागरिक उड्डयन कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् ।

प्रहरीले अहिले भने तीनकुने क्षेत्रबाट राजावादीको प्रदर्शनकारीलाई तितरबितर पारेको छ । प्रदर्शनले उग्ररूप लिएपछि प्रहरीले अश्रुग्यास, हवाई फायर प्रहार गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पारेको थियो । अहिले राजावादीको प्रदर्शनसभा स्थल तीनकुने मैदानमा खाली गराइएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर