कुलमानको विषयमा प्रधानमन्त्री हाउसमा आउँदैनन् : प्रमुख सचेतक बर्तौला

  चैत १३, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १४ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा सरकार संसदमा जवाफ दिन तयार भएको छ । यद्यपि विपक्षी दलहरूको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओली भने आफैं उपस्थित भएर जवाफ भने नदिने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

मुख्य सचेतक बर्तौलासँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारले जवाफ दिए पनि आफू भने नबोल्ने बताएका हुन् । विपक्षी दलहरूले भने मन्त्रिपरिषद् बैठकबाटै कुलमानलाई हटाउने निर्णय गरिएको भन्दै प्रधानमन्त्री ओली आफैं सदनमा आएर यसबारे स्पष्टीकरण दिनुपर्ने माग राख्दै आएका छन् । उनीहरूले प्रधानमन्त्रीले जवाफ नदिएसम्म सदन अवरुद्ध गर्ने अडान समेत राखेका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर