मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १३ । सत्ता गठबन्धन दलहरुको बैठकले भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्ता गठबन्धनको बैठकले विवादमा रहेको भूमिसम्बन्धी अध्यादेश अगाडि नबढाउने निर्णय गरेको हो ।
सत्तारुढ जसपा नेपालले उक्त अध्यादेश अगाडि बढाए सरकारलाई समर्थन नदिने अडान लिएको थियो, जसका कारण राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको थियो । राष्ट्रिय सभामा अन्य पाँच वटा अध्यादेश प्रतिस्थापन विधेयकहरु पारित गर्ने प्रक्रियामा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भूमि अध्यादेश अगाडि नबढाउने स्पष्ट पारेका हुन् ।