कुलमानलाई बर्खास्त गरेको विरोधमा संसद अवरोध

  चैत १२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १३ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विरोधमा विपक्षी दलहरूले संसदमा अवरोध गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सबै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।

विपक्षीहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले माओवादी सांसद शक्तिबहादुर बस्नेतलाई बोल्न समय दिए । सांसद बस्नेतले विद्युत प्राधिकरणलाई तेजोवध गर्नका लागि सरकार लागि परेको बताए । स्वार्थ समूहको इच्छा पूरा गर्नका लागि घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएको उनको आरोप छ ।

तपाईंको प्रतिक्रिया

थप खबर