मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ९ । खोटाङमा बेग्लाबेग्लै घटनामा आज दुई जनाको मृत्यु भएको छ ।
चट्याङ लागेर केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको बार्दलीबाट लडेर मृत्यु भएको हो ।
आज बिहान ४ बजे चट्याङ लाग्दा दिलकुमारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।