नेपाल प्रहरीको ३१औं आईजीपीमा थापा, आजबाट ८० हजार प्रहरीको कमान्ड सम्हाल्दै

  चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ ।  सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षकमा दीपक थापालाई नियुक्ति गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले केन्द्रीय अनुसन्धान विभाग सीआईबीमा कार्यरत एआईजी थापालाई आईजीपीमा नियुक्ति गरेको हो । आईजीपी थापाले मंगलवारबाट करिब ८० हजार प्रहरीको कमान्ड सम्हाल्नेछन् । प्रहरी महानिरीक्षक वसन्त कुँवर आजबाट अवकास भएपछि थापाले आईजीपीको वागडोर सम्हाल्नेछन् । सरकारले थापालाई वरिष्ठताका आधारमा आईजीपी नियुक्त गरेको हो ।

सरकारले प्रहरी नियमावली २०७१ अनुसार आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङलाई पछि पार्दै थापाले बाजी मारेका छन् । थापाले करिब ६ महिना अर्थात् २०८२ भदौ १८ गतेसम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।

तपाईंको प्रतिक्रिया

थप खबर