ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु

  चैत ०४, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ५ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सिजन सुरु भएको छ । मौसममा सुधार भएसँगै यहाँ आउने भक्तजनको सङ्ख्यासमेत बढ्दै गएको छ । वर्षभरि नै पाथिभरा जान सकिए पनि मुख्यतया बडादसैँ र जाडो घटेपछिको समयलाई तीर्थयात्राको मुख्य ‘सिजन’ मानिन्छ ।

तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभरामा यस वर्ष तीन पटकसम्म हिमपात भएको थियो । चिसो मौसममा भक्तजनको सङ्ख्या न्यून रहने गरे पनि बडादसैँ र रामनवमीको समयमा दैनिक हजारौँ भक्तजन पाथिभरा पुग्ने गर्छन् ।

यस वर्ष पाथिभरामा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवादका कारण फागुन महिनामा अघिल्लो वर्षको तुलनामा भक्तजनको सङ्ख्या घटेको छ । पाथिभरा क्षेत्र विकास समितिका अनुसार गत वर्ष फागुनमा १७ हजार ९१२ भक्तजनले दर्शन गरेका थिए भने यस वर्ष सोही अवधिमा करिब सात हजार ४२८ मात्रै यहाँ आएका छन् । समग्रमा अघिल्लो वर्षको तुलनामा यस वर्ष झन्डै दुई हजारभन्दा बढी भक्तजन पाथीभरा आएका छन् ।

तपाईंको प्रतिक्रिया

थप खबर