नागढुंगा सुरुङमार्गमा स्थानीयले गरे फेरि अवरोध, काम ठप्प

  चैत ०२, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ३ ।   निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा-सिस्नेखोला सुरुङमार्गको काम स्थानीयले ठप्प पारेका छन् । खानेपानी लगायतका माग अघि सार्दै चन्द्रागिरी नगरपालिका–२ का स्थानीयले आइतबारदेखि निर्माणको काममा अवरोध गरेका हुन् ।

आयोजनाका अनुसार अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम ठप्प बनेको छ । स्थानीयको पटक-पटकको अवरोधले गर्दा आयोजना निर्माणले गति लिन सकेको छैन । स्थानीयले आफ्ना मागहरु पूरा नगरेसम्म काम गर्न नदिने अडान लिएका छन् । सुरुङको मुख अगाडि मागसहितको ब्यानरसमेत टाँगिएको छ ।

नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीका अनुसार काम रोकिएको र स्थानीयसँग छलफल गरेर समाधानको उपाय निकाले प्रयास भइरहेको छ । यसअघि गत फागुन १८ मा धादिङतर्फका स्थानीयले कामा अवरोध गरेका थिए । निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी आयोजनाको छ । तर पटकपटक काममा अवरोध हुँदै आएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर