मिडियाबाजी डटकम काठमाडौँ, फागुन २७ । वीर अस्पतालको कार्यकारी निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले डा. शर्मालाई कार्यकारी निर्देशकमा नियुक्त गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
उनको कार्यकाल दुई वर्षको हुनेछ । डा. शर्मा वीर अस्पतालमै कार्यरत थिए । कार्यकारी निर्देशकका लागि डा. शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस भएको थियो । कार्यकारी निर्देशक डा. सन्तोष पौडेलको कार्यकाल सकिएपछि गत फागुन ४ गतेदेखि अस्पतालको निमित्त निर्देशकमा डा. समाज गौतम थिए ।